Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्ववियु निर्वाचन : गुल्मीका ६ क्याम्पसमा नेविसंघको नेतृत्व, अनेरास्ववियु दुई र क्रान्तिकारी एक !

स्ववियु निर्वाचन : गुल्मीका ६ क्याम्पसमा नेविसंघको नेतृत्व, अनेरास्ववियु दुई र क्रान्तिकारी एक !

  • 984
    SHARES

  • स्ववियु निर्वाचन : गुल्मीका ६ क्याम्पसमा नेविसंघको नेतृत्व, अनेरास्ववियु दुई र क्रान्तिकारी एक !

    गुल्मी, चैत ६ ।

    स्ववियु निर्वाचनबाट गुल्मीका ११ क्याम्पसमध्ये छ क्याम्पसमा नेपाल विद्यार्थी संघले नेतृत्व पाएको छ।  दुई क्याम्पसको नेतृत्व अनेरास्ववियुले पाएको छ भने एक क्याम्पसको नेतृत्व अखिल क्रान्तिकारीले प्राप्त गरेका छन्।

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट नेपाल विद्यार्थी संघबाट गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा सुदीप खत्री, जनज्योति बहुमुखी क्याम्पस मदानेको स्ववियु अध्यक्षमा गंगा पन्थी, चन्द्रकोट बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा प्रदिप नेपाली, मानका टिकाराम बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा विशाल थापा, रुरु संस्कृत विद्यापीठको स्ववियु अध्यक्षमा मुक्तिराम पोखरेल (मुकुन्द) र सत्यवती बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा जमुना ज्ञवाली निर्विरोध निर्वाचित हुनुभएको छ।

     

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट दिगाम आदर्श बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा उषा पाण्डे निर्विरोध र रिडी बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा धनबहादुर कुमाल चुनावी प्रतिस्पर्धाबाट जम्मा खसेको १४ मतमा १० मत प्राप्त गरेर निर्वाचित हुनुभयो। 

    अखिल क्रान्तिकारीबाट श्रृङ्गेश्वर बहुमुखी क्याम्पसको  स्ववियु अध्यक्षमा विशाल थापा चुनावी प्रतिस्पर्धाबाट जम्मा खसेको मत १०६ मतमा ६५ मत मतसहित निर्वाचित हुनुभयो।IMG_3517.webp

    यता, परमानन्द भण्डारी बहुमुखी क्याम्पस धुर्कोट र रुद्रावती बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ। परमानन्दमा उमेदवार मनोनयन कै क्रममा र रुद्रावतीमा मतदानको क्रममा विवादित भएपछि निर्वाचन स्थगित भएको हो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology