Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवलपरासी पश्चिम : तीन वटै क्याम्पसमा नेविसंघ विजयी

नवलपरासी पश्चिम : तीन वटै क्याम्पसमा नेविसंघ विजयी

  • 945
    SHARES

  • नवलपरासी पश्चिम : तीन वटै क्याम्पसमा नेविसंघ विजयी

    नवलपरासी , चैत ६ । 

    नवलपरासी पश्चिममा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। जिल्लाका पाल्ही बहुमुखी क्याम्पस रामग्राम ४ जितपुर, दिव्यज्योती क्याम्पस चिसापानी वर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारी गरी तीन क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको हो।

    सदरमुकाम परासीमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका अध्यक्षमा निरज धवलको प्यानल विजयी हुनुभयो। जम्मा ३२७ मत खसेकोमा धवलले ११५ मत प्राप्त गर्नुभयो। 

    त्रिभुवन क्याम्पस प्रतापपुरमा नेपाल विद्यार्थी संघका गडेरी पाल अध्यक्षमा निर्वाचित हुनुभएको छ। जम्मा ३६२ मत खसेकोमा पालले १२७ मत प्राप्त गर्नुभएको छ। एक जना सदस्य बाहेक अन्य सबै नेबिसंघका उमेदवार विजयी भएको निर्वाचन अधिकृत रामप्रसाद भट्टराईले जानकारी दिनुभयो।

    त्यसैगरी दिव्यज्योती क्याम्पस चिसापानी बर्दघाटमा शशी विकको नेतृत्वमा रहेको नेपाल विद्यार्थी युनियनको प्यानल विजयी भएको छ। यस क्याम्पसमा १९ वर्षपछि नेविसंघले जित फर्काएको नेविसंघका जिल्ला अध्यक्ष कमल बस्यालले बताउनुभयो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology