Logo बिहिवार, आश्विन १ गते २०८३
images

असल श्रम सम्वन्ध स्थापित गर्न बुटवलमा समझदारी पत्रमा हस्ताक्षर

असल श्रम सम्वन्ध स्थापित गर्न बुटवलमा समझदारी पत्रमा हस्ताक्षर

  • 6.3K
    SHARES

  • असल श्रम सम्वन्ध स्थापित गर्न बुटवलमा समझदारी पत्रमा हस्ताक्षर

    बुटवल,चैत्र ५ ।

    रोजगारदाता र श्रमिककाबिच असल श्रम सम्वन्ध स्थापित गर्नका लागि बुटवलमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । बुटवलमा एक कार्यक्रमका बिच नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघ र नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका बिचमा समझदारी पत्रमा हस्ताक्षर गरि साटासाट गरिएको छ ।

    उक्त समझदारीपत्रमा नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघकाअध्यक्ष सन्तोष गिरि र नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानले हस्ताक्षर गर्नुभयो । सो अबसरमा बोल्दै नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष सन्तोष गिरिले संघ र महासंघ सम्बद्ध तथा अन्य ब्यवसायिक संघ संस्थाहरु बिच आपसी हितका लागि १६ बुदे समझदारी पत्र बनाइएको बताउनुभयो ।

    उहाँले  १६ बुँदाहरुलाई आत्मसात गर्दै द्विपक्षीय रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धताका लागि तयार हुनु सकारात्मक रहेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश अन्तरर्गतका उधोग, व्यवसाय एवं व्यापारिक क्षेत्रमा संलग्न कर्मचारीहरुलाई रोजगार सम्बन्ध स्थापित गर्न श्रम ऐन २०७४ का श्रमिक पक्षीय बुँदाहरु न्युनतम ज्याला, नियुक्ति पत्र, योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका सुविधाहरु उपलब्ध गराई असल श्रम सम्वन्ध स्थापित गर्न गराउन दुवै पक्ष प्रतिवद्ध रहने ,श्रमिकहरुलाई रोजगारजन्य स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरी प्राकृतिक प्रकोप, महामारी लगायतका विशेष अवस्थामा श्रमिक, रोजगारदाता दुवै पक्षले आपसी हितका लागि कार्य गर्ने लगायतका बुदाहरु  समाबेश गरिएको बताउनुभयो ।

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले व्यावसायिक हित प्रवद्र्धन गर्न आफुहरु सदैव क्रियाशील रहँदै आएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघले नेपालको आर्थिक विकास, सामाजिक हित एवं राजस्व वृद्धिमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको उहाँको भनाइ छ । दुवै पक्षबाट आपसी हित प्रवद्र्धन, सहकार्य, सहअस्तित्व, मर्यादा र सदाचारको पालना गरिनेगरि सहमति भएको बताउनुभयो ।

    नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठले नेपालको संविधान २०७२, श्रम ऐन २०७४ तथा हालको ट्रेड युनियन ऐन २०४९ अनुसार श्रमिकको संगठित हुन पाउने अधिकार र उधोगी व्यावसायीको अधिकार सुनिश्चित गर्नका लागि सबै तयार रहनु नै सकारात्मक सन्देश भएको  बताउनुभयो । उहाँले श्रम ऐन लगायतका ऐन कानूनको कार्यान्वयन र श्रम विवाद समाधानका लागि सरोकारवाला सरकारी निकाय र स्थानीय सरकार सँग दुवै पक्षले आवश्यक समन्वय गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

    सो अबसरमा ,नेपाल ट्रेड युनियन कांग्रेसका रुपन्देही अध्यक्ष रामप्रसाद ढकाल,सामाजिक सुरक्षा कोष बुटवलका खिम कार्की ,महासंघका केन्द्रिय सदस्य तथा श्रमिक नेता धुर्वचन्द्र गौतम,तिलोत्तमा उद्योग बाणिज्य संघ उपाध्यक्ष बिष्णु भण्डारी,देवदह उद्योग बाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठ,बुटवल उद्योग बाणिज्य संघ महासचिव मुक्ति अधिकारी , मारि तैवैनेन सास्क फिनल्याण्ड,फारिजान फजरी अब्योतो सास्क फिनल्याण्ड, श्रमिक संघका महासचिव मुकुन्द भट्टराइ,यु.एन.आई एप्रोका तिलक जंग खड्का, यु.एन.आई नेपालका आलोक मल्ल, नेपाल ट्रेड युनियन कायंग्रेसका सभापति रामप्रसाद ढकाल,सचिव केशवराज पाण्डे लगायतले बोल्दै नयाँ अभ्यासको थालनी भएकोमा खुसी ब्यक्त गरे ।

    सो १६ बुदे समझदारी पत्रमा श्रमिकहरुलाई रोजगारजन्य स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरी प्राकृतिक प्रकोप, महामारी लगायतका विशेष अवस्थामा श्रमिक, रोजगारदाता दुवै पक्षले आपसी हितका लागि कार्य गर्ने। ,नेपालको संविधान–२०७२, श्रम ऐन –२०७४ तथा हालको टे«ड युनियन ऐन– २०४९ अनुसार श्रमिकको संगठित हुन पाउने अधिकार र उधोगी व्यावसायीको अधिकार सुनिश्चित गर्ने,कामदार÷कर्मचारीले कार्यस्थलमा अनुशासनको पूर्णपालना गर्दै समय, उत्पादन र सेवाको वचत गर्ने,नेपाल सरकारले प्रत्येक २ वर्षमा श्रमिकको न्यूनतम ज्याला निर्धारण एवं पुनरावलोकन गरी तय गरिएको ज्याला यस प्रदेश अन्तर्गतका श्रमिकहरुलाई पनि लागू गर्न गराउन दुवै पक्षको प्रयास रहने लगायतका बुदा रहेका छन् । mou trade.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology