Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध सामुदायिक टेलिभिजनद्वारा वनबाटीकामा बनभोज

बुद्ध सामुदायिक टेलिभिजनद्वारा वनबाटीकामा बनभोज

  • 3.0K
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजनद्वारा वनबाटीकामा बनभोज

    बुटवल,माघ १०-

    बुद्ध सामुदायिक टेलिभिजनले बनभोज कार्यक्रम सम्पन्न गरेको छ । बार्षिक कार्यक्रम अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बनबाटीमा रमाइलो बनभोज कार्यक्रम गरिएको हो ।

    सो अबसरमा बोल्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजनले बोर्ड र कर्मचारीका बिचमा आपसी सम्बन्ध प्रगाढ गर्ने उद्धेश्यले आयोजित बनभोजले थप आत्मियता बढाएको बताउनुभयो ।

    कार्यक्रममा टेलिभिजनका निर्बतमान अध्यक्ष पृथबहादुर फौदार पृथ्वी, बर्तमान उपाध्यक्ष गोपाल ज्ञवाली,सल्लाहकार डा. बुद्ध बहादुर थापा,रिता सेन ओली,टेलिभिजनका निमित्त कार्यकारी प्रमुख बिक्रिम खड्का,कार्यक्रम प्रमुख खेमराज रेग्मी लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा टेलिभिजनका पदाधिकारी कार्यसमिति सदस्य,सल्लाहकार,कर्मचारी,जिल्लाका रिर्पाेटर तथा सहयोगी शुभेच्छुकहरुको समेत सहभागिता रहेको बनभोज कार्यक्रम संयोजक नारायण पाण्डेले बताउनुभयो ।

    कार्यक्रमका अबसरमा केहिदिन अघि बुटवलमा भएको मिडिया कप फुटसलमा प्रथम हुन सफल भएको टेलिभिजनको खेलाडी टीमलाइ खादा तथा माला लगाएर सम्मान समेत गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology