Logo मंगलवार, श्रावण १२ गते २०८३
images

परोपकार कुञ्ज धामको महायज्ञमा १ करोड ७२ लाख रुपैयाँ संकलन,३४ लाख खर्च

परोपकार कुञ्ज धामको महायज्ञमा १ करोड ७२ लाख रुपैयाँ संकलन,३४ लाख खर्च

  • 1.7K
    SHARES

  • परोपकार कुञ्ज धामको महायज्ञमा १ करोड ७२ लाख रुपैयाँ संकलन,३४ लाख खर्च

    बुटवल, चैत ४ ।

    बुटवल १५ सेमलार भाटा प्रगतिटोलमा फागुन ४ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको महायज्ञबाट १ करोड ७२ लाख रुपैयाँ संकलन भएको छ ।

    यज्ञ मुल सम्पादन समितिको आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गरी आय व्यय सार्वजनिक तथा यज्ञमा दान गर्ने, सहयोग गर्ने विभिन्न व्याक्ति तथा संघ संस्थालाई सम्मान समेत गरिएको छ ।

    कुल संकलन गरिएको १ करोड ७२ लाख रुपैयाँ मध्ये यज्ञ सञ्चालनको लागि मात्रै ३४ लाख रुपैयाँ खर्च भएको यज्ञ सम्पादन मुल समितिका संयोजक तथा पुर्व सेमलार गाविसका अध्यक्ष हरिध्वज मल्लले जानकारी दिनुभयो ।

    राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको तत्वावधानमा परोपकारकुञ्ज धाम निर्माण गर्ने उद्देश्यसहित उक्त महायज्ञ आयोजना गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै महासंघका राष्ट्रिय अध्यक्ष तथा कथा बाचक भागवत भाष्कर पण्डित कमलनयन गौतमले सबैले परिकल्पना गरेको कुञ्जपार्क निर्माणको महा अभियानको थालनी भएको बताउनुभयो ।

    उहाले सबैको सहयोगबाट मात्रै धामले सार्थक रुप पाउने भन्दै यसको लागि सहयोगी दाताहरु प्रति हार्दिक अभार सहित कृतज्ञता अर्पण समेत गर्नुभयो ।  राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लामा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेको संकल्पकर्ता एवं कथाबाचक भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताउनुभयो ।
    कार्यममा बोल्दै यज्ञ मुल सम्पादन समितिका संयोजक हरिध्वजमल्ले महायज्ञ अवधीभरमा सहयोग गर्नेै सबै श्रद्धालुमहानुभवहरुलाई हार्दिक आभर व्याक्त गरेका थिए ।उहाले अर्को बर्ष पनि धामको गुरुयोजना अनुसारको कार्य सम्पादन गर्नको लागि सोही मितिमा महायज्ञ लगाउने तयारी गरिएको जानकारी दिदै धामले सार्थक स्वरुप प्राप्त गर्नेमा आफु विश्वस्त भएको बताउनुभयो । । 
    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका पुर्व नगर प्रमुख तथा महासंघका आजिवन सदस्य, सल्लाहकार हरि प्रसाद अधिकारीले बोल्दै महासंघको अभियान सार्थक बनाउनको लागि सबैले साथ दिनुपर्ने आफुले पनि हर हिसावबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

     बुटवल–१५ स्थित भाटाप्रगति टोलमा करिब ४ विघा क्षेत्रफलमा बिस्तार हुनेगरी परोपकार कुञ्जधाम निर्माणको योजनाअनुरुप काम निर्माणको समेत अगाडी बढेको छ । 

    जनजनका मन मनमा सेवाभाव जागृत गर्ने उद्देश्यले महासंघ विसं २०६४ सालमा स्थापना भएको केन्द्रिय सदस्य तुलसीराम भण्डारीले बताउनुभयो । ।सोही महायज्ञबाट संकलन भएको दान रकम बाट उक्त वडामा बासोबास गर्दै आएका ६ जना मृगौला पिडीत व्याक्तिलाई ६-६ हजार रुपैयाँका दरले सहयोग समेत प्रदान गरिने यज्ञ सम्पादक मुल समितिका सह सहयोजक पुर्व वडा अध्यक्ष डम्बर बहादुर भण्डारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा नयाँगाउँ खानेपानी संस्थाकी नवनिर्वाचित अध्यक्ष मिना जीसी लगायतले बाेलेका थिए ।

    यी पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology