Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शिक्षकको मागलाई तत्काल सम्बोधन गरौं : डा.चन्द्र भण्डारी

शिक्षकको मागलाई तत्काल सम्बोधन गरौं : डा.चन्द्र भण्डारी

  • 1.1K
    SHARES

  • शिक्षकको मागलाई तत्काल सम्बोधन गरौं : डा.चन्द्र भण्डारी

    गुल्मी, चैत ३ ।

    नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले सरकारले शिक्षकको मागलाई सम्बोधन गर्नु जरुरी रहेको बताउनुभएको छ। सत्यवती गाउँपालिकाको जोहाङ्ग खैरेनीमा भएको नेपाली कांग्रेस क्षेत्र नम्बर–१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

    सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न नसक्दा शिक्षक आन्दोलित भएको नेता भण्डारीले आरोप लगाउनुभयो। नागरिकको नजिकको साथी र समाजलाई सकारात्मक दिशामा हिँड्न सिकाउने शिक्षकको मागलाई तत्काल सम्बोधन गर्नु जरुरी रहेको उहाँको भनाइ छ।

    शिक्षककै असल शिक्षण सिकाइका कारण आफूहरू नेता बनेको भुल्न नहुने नेतृत्वले बुझ्न जरुरी रहेको भन्दै उहाँले अहिले राजनीतिक दलसँगै सरकारमा रहेका नेतृत्व र नेताका कारण अहिले शिक्षक सदरमुकाम र राजधानीका सडकमा आन्दोलन गर्न बाध्य भएको बताउनुभयो।

    अहिले शिक्षक आफ्नो मागलाई सरकारले तत्काल सम्बोधन गर्न दबाब दिन आन्दोलनका लागि सडकमा र नेताको कार्यालयमा पुग्ने गरेको उहाँले बताउनुयो। सरकारले  भाषण र गफ दिने होइन तुरुन्त शिक्षकका मागलाई सम्बोधन गर्नुपर्ने भन्दै आफू सधै शिक्षक र देशको शिक्षा सुधारको पक्षमा निरन्तर लागेको बताउनुभयो।

    शिक्षकका कारणले गर्दा देश राम्रो भएको छ। देशका सरकारी विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएको भन्दै सरकारले विद्यालयमा भएका हरेक समस्या समाधानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो। नेता भण्डारीले नेतृत्व कुनै पनि व्यक्ति स्वार्थमा लाग्न नहुने बताउनुभयो। दलका हरेक नेतृत्वले नागरिक भावनालाई बुझ्न जरुरी रहेको भन्दै उहाँले नेतृत्वको व्यक्तिगत स्वार्थको अन्त्यका लागि आफूहरू निरन्तर लागेको बताउनुभयो।

    देश र जनताका पक्षमा सबैले काम गर्नुपर्ने भन्दै उहाँले हरेक नागरिकलाई समान दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो। प्राकृतिक स्रोत र साधनसँग आम नेपाली नागरिक जोड्न सकिएमा सजिलै देशमा गरिबीको अन्त्य हुने भन्दै विदेशीयका नेपाली नागरिकलाई स्वदेश फर्काउन तिनै तहका सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology