बुटवल, चैत २ ।
बुटवलमा जारी प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नं १९ विजयी भएको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लबको आयोजनामा शनिबार भएको खेलमा वडा नं ४ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नं. १९ दोस्रो चरणमा प्रवेश गरेको हो ।
रतनपुरको मुक्तिधाम खेलमैदानमा भएको खेलमा वडा न.. १९ को जितमा सरोज खनाल र रिसि सुनारी मगरले गोल गरे ।
खेलमा सरोज खनाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि शनिबार नै अर्को खेलमा वडा नं. ५ वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष मनिष काफलेले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजेन्द्र बुढाथोकीले बताए ।
यसैगरि उपविजेता टिमलाई नगद ५१ हजार १ सय ११ रुपैया कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।
चैत ६ गतेसम्म संचालन हुने प्रतियोगितामा करीब ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।
आईतबार पनि दुई वटा खेलहरु हुने छ । पहिलो खेलमा वडा नं. ३ र वडा नं. ८ तथा दोस्रो खेलमा वडा नं. ५ र वडा नं. १२ का बिचमा खेल हुने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)