बुटवल,चैत्र २ ।
रङ्गहरूको पर्व होली तराई–मधेशमा हर्षोल्लासका साथ मनाइएको छ । हिमाली एवम् पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट हिजो तराईका जिल्लामा होली मनाइएको हो ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ । यसैबिच बुद्ध सामुदायिक टेलिभिजनले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ।
टेलिभिजनमा आयोजना गरिएको कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले सञ्चार माध्यमले धार्मिक पर्वहरुलाई महत्वपूर्ण योगदान दिनुपर्ने बताउँदै बुद्ध सामुदायिक टेलिभिजनले यसको खबरदारी निरन्तर गरिरहेको बताउनुभयो ।
निर्देशन समिती सदस्य पृथबहादुर फौदार पृथ्वीले होलि पर्वले सम्पूर्ण मानव जातीको जीवन रंगिन होस भन्दै शुभकामना व्यक्त गर्दै होलिले एकताका भावना सार्वजनिक गर्ने, भुलवस कुनै त्रुटि नहोस भन्नका लागि प्रतिवद्धता सहित मनाउन आग्रह गर्नुभयो।
सञ्चार गृहमा चुनौती रहेको बताउदै उहाले समाधानका उपायहरुको बारेमा अब खोज्नैपर्ने बेला आएको बताउनुभयो। समाचारको स्रोत पुष्टि हुनुपर्ने बताउदै हल्लाको भरमा लाग्न नहुनेमा जोड दिनुभयो।
टेलिभिजनका सल्लाहकार एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले होलि मिलन कार्यक्रमले तितामिठा अनुभव आदानप्रदान गर्ने र भुलचुक भएका गल्तीहरुलाई माफी गर्ने रुपमा लिनुपर्ने बताउनुभयो।
उपाध्यक्ष गोपाल प्रसाद ज्ञवालीले होली पर्वमा टेलिभिजनले निरन्तर कार्यक्रम गर्दै आएको बताउनुहुदै सस्थाका अग्रज एव योगदान दिनुहुने सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभयो।
सञ्चालक समिती सहसचिव राम बहादुर थापाले होलि पर्वले शत्रुहरुको नाश होस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले असत्यमाथी सत्यको जितको रुपमा मनाईने होली टेलिभिजनले हरेक वर्ष मनाउदै आएको बताउनु भयो। कार्यसमिति सदस्यहरु जगत पौडेल ,दुर्गा नेपाल,कमला काफ्ले लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन टेलिभिजनका कार्यकारी प्रमुख कपिल ज्ञवालीले गर्नुभएको थियो । होलीमिलनमा टेलिभिजनका संचालन समिति ,कर्मचारी,शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)