Logo बिहिवार, आश्विन १ गते २०८३
images

विटुसी समिट समापन,करिब ५ हजार दर्शकले गरे अवलोकन

विटुसी समिट समापन,करिब ५ हजार दर्शकले गरे अवलोकन

  • 2.6K
    SHARES

  • विटुसी समिट समापन,करिब ५ हजार दर्शकले गरे अवलोकन

    बुटवल, फागुन २८ ।
    कम्युटर एशोसीयसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजानमा विटुसी समिट बुटवलमा सम्पन्न भएको छ ।  दुई दिनसम्म चलेको समिटको सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी समापन गरिएको हो । 

    सिद्धfर्थ कटेजमा मिलनचौकमा एक औपचारिक कार्यक्रमको आयोजना गरी समिटको समापन गरिएको हो । कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुनौना घिमिरे पाण्डेले देश विकासको लागि अब आईटी क्षेत्रमा लगानी गर्नुपर्ने बताईन् ।

    पछिल्लो समयमा नेपालमा ३ तहको सरकार रहेपनि आशातित रूपमा सूचना तथा सञ्चार क्षेत्रमा फड्को मार्न नसकेको भन्दै डिजिटल देश निर्माणको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।

    कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवरले रूपन्देहीले पहिलोपटक सुरुवात गरेको बीटुुसी समिटलाई देशभर विस्तार गर्नुपर्ने बताएका थिए । उनले यसको लागि सिंगो क्यान महासंघले सकारात्मक रूपमा काम गरिरहेको भन्दै प्रसंसा समेत गरे । पहिलो पटक महिला अध्यक्षको नेतृत्वले सिंगो क्यान महासंघमा एउटा नयाँ सन्देश पैदा गरेको समेत उनको भनाई थियो ।LAPTOP.jpg

    कार्यक्रममा बुटवल उपमहानरपालिका सामाजिक परिचालन, अन्तर सरकारी तथा संघसंस्था समन्वय शाखा अधिकृत दामोदर ज्ञवालीले सूचना प्रविधीकोयुग अबको युग भएको बताए । कार्यक्रममा क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष रञ्जीत कुमार गोदार, क्यान महासंघ रूपन्देहीका अध्यक्ष जीवन अधिकारी लगायतले आ आफ्नो नाई राखेका थिए ।

    कार्यक्रम संयोजक तथा क्यान रूपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीले समिटमा उत्साहजनक रूपमा सहभागीता भएको सबैलाई धन्यवाद दिएका थिए । समापन कार्यक्रममा स्पोन्सरका तर्फबाट बिभिन्न बाण्ड कम्पनीका प्रतिनिधिले सहभागीलाई सहजीकरण गरेका थिए ।क्यान रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गरेका छन् ।

    २६ र २७ गते दुई दिन सम्म चलेको थियो ।CAN MELAA.jpg

    यी समाचार पनि हेरौँ :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology