Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष,नेविसंघमा प्रवेश

अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष,नेविसंघमा प्रवेश

  • 1.1K
    SHARES

  • अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष,नेविसंघमा प्रवेश

    पाल्पा,फागुन २७ ।

    नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व अध्यक्ष एवं स्ववियु सदस्य भीम लुंगेली नेपाल विद्यार्थी संघमा प्रवेश गरेका छन् ।

    उनलाई नेपाली काँग्रेसका पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, सचिवहरु सन्तोष कुमार थापा, सुनिता अधिकारीलगायतले काँग्रेस सदस्यताको प्रमाणपत्र दिएका थिए । उनले काँग्रेस सदस्यता लिएरसँगै आधिकारीक रुपमा नेवि संघमा प्रवेश गरेका हुन् ।

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मुखैमा आएर संगठनको सक्रिय नेता नै नेवि संघ प्रवेश गरेपछि अखिल (क्रान्तिकारी) मा ठूलो हलचल आएको छ ।

    लुंगेलीलाई काँग्रेसका जिल्ला सभापति श्रेष्ठ, सचिवहरु थापा, अधिकारी, काँग्रेसका नेता तथा त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति मोती भण्डारी, क्याम्पसका पूर्व स्ववियु सभापति तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य हरिबोल भट्टराई, नेविसंघका केन्द्रीय सदस्य सुवास गैरे, काँग्रेस महिला नेतृ शान्ति झेडी, नेवि संघका पूर्व जिल्ला सभापति कृष्ण आले, नेवि संघ क्याम्पसका ईकाइ सभापति पुण्यप्रसाद सुवेदी, क्याम्पसका स्ववियु सभापति कृष्ण अर्याल लगातका विद्यार्थी नेताहरुले नेवि संघमा स्वागत गरेका थिए ।

    काँग्रेस सभापति श्रेष्ठले मुलुक परिवर्तनका लागि विद्यार्थी आन्दोलनबाट नेवि संघले महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्दै संघमा इमान्दार र कटिवद्ध भएर लाग्न लुंगेलीलाई आग्रह गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology