Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको तिलोत्तमा नगर असल अभ्यास अवार्ड सूचीमा,उत्कृष्ट ४० मा छनोट

रुपन्देहीको तिलोत्तमा नगर असल अभ्यास अवार्ड सूचीमा,उत्कृष्ट ४० मा छनोट

  • 1.3K
    SHARES

  • रुपन्देहीको तिलोत्तमा नगर असल अभ्यास अवार्ड सूचीमा,उत्कृष्ट ४० मा छनोट

    बुटवल,फागुन २७ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरूबिचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ ।

    अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडीपी) संस्थाले गर्ने २४औँ संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको नगरप्रमुख रामकृष्ण खाणले  बताए ।

    rabi.jpg
    उनले  अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको  खुलाए ।

    ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच विषयमा आवेदन माग गरेकोमा तिलोत्तमा जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान अन्तर्गत प्रारम्भिक सूचीमा परेको हो ।

    छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबिच अनलाइन भोटिङको ५० अंक र निर्णायकको मूल्याङ्कनको ५० अंकको आधारमा मे महिनाको २१देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड विजेता घोषणा गरिने ओआइडीपीको वेबसाइटमा उल्लेख छ । तिलोत्तमा प्रारम्भिक सूचीमा परेपछि अनलाइन भोटिङमार्फत मत दिएर जिताउन नेपालभर र विश्वभर रहेका नेपालीलाई  नगरपालिका  आग्रह गरेको छ।

    ओआइडीपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्नेछ । उनका अनुसार अनलाइन भोटिङ गर्दा एकजनाले ५ वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको छ । ओआइडीपीको वेबसाइटमै गएर मत दिन सकिने छ ।

    तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान आठौँ वर्षमा निरन्तर चलाउँदै आएको छ । उक्त अभियानको १४० औँ शृङ्खला सम्पन्न भएको  खाँणले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology