Logo बिहिवार, आश्विन १ गते २०८३
images

सैनामैना गोल्डकप :अभिषेक चर्च रजहर नवलपुर र कपिवस्तु ११ बीच फाईनल हुने

सैनामैना गोल्डकप :अभिषेक चर्च रजहर नवलपुर र कपिवस्तु ११ बीच फाईनल हुने

  • 1.1K
    SHARES

  • सैनामैना गोल्डकप :अभिषेक चर्च रजहर नवलपुर र कपिवस्तु ११ बीच फाईनल  हुने

    सैनामैना,फागुन २६।

    कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

    मुर्गिया फुटवल क्लवको आयोजनामा सोमबार मुर्गिया रंगशालामा भएको दोश्रो सेमीफाईनल खेलमा महाबीर क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ फाईनलमा प्रवेश गरेको हो । पहिलो र दोश्रो हाफ बराबरी खेलका दुवै टिम अन्ततः पेनाल्टी सुट आउटमा पुगेका थिए ।

    पेनाल्टीमा महाबीरका जर्सी नम्बर ७ का खेलाडी अरुन चौधरीले प्रहार गरेको पेनाल्टी पोष्टभन्दा बाहिर गएपछि कपिलवस्तु ११ लाई फाईनल पुग्ने बाटो खुलेको हो । अव बुधबार हुने फाईनल खेल कपिलवस्तु ११ र अभिषेक चर्च रजहर नवलपुरबीच हुनेछ । सोमबारको खेलमा म्यान अफ दि म्याच कपिलवस्तु ११ का जर्सी नम्बर १४ का खेलाडी निमबहादुर मिदुङ भएका छन ।

    आजको म्याचमा दुवै टोलीले विदेशी खेलाडी मैदान उतारेका थिए । दुवै टिमले गोलका थुप्रै अवसर पाएपनि जाली चुमाउन नसक्दा खेल पेनाल्टीमा पुगेको हो । खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

    प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology