Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विन्ध्यवासिनी मन्दिरको महायज्ञमा भक्तजनको ओइरो

विन्ध्यवासिनी मन्दिरको महायज्ञमा भक्तजनको ओइरो

  • 2.6K
    SHARES

  • विन्ध्यवासिनी मन्दिरको महायज्ञमा भक्तजनको ओइरो

    बुटवल,फागुन २६ ।

    रूपन्देहीको तिलोतमा ८ सूर्यपुरा स्थित विन्ध्यवासिनी मन्दिर क्षेत्र विकास समितिले सञ्चालन गरेको महायज्ञमा भक्तजनहरूको ओइरो नै लागेको छ ।

    आज पाँचौँ दिनसम्म कैयौं भक्तजनले दान समेत गरिसक्नुभएको आयोजकले बताएका छन् । महायज्ञमा हालसम्म नगद मात्रै करीब २० लाख रूपियाँ दान संकलन भएको आयोजकले बताएका छन् ।

    यस्तै,  भक्तजनहरूको अपार उपस्थिति भएको आयोजकले बताएका छन् । विहानमा सञ्चालन हुने योग, दिउँसोको कथा प्रवचन र साँझको श्रृंगारिक महाआरतीमा गरी एकै दिनमा हजारौं भक्तजनको अपार उपस्थिति हुने गरेको महायज्ञ आयोजक समितिका सचिव कृष्ण तिवारीले बताउनुभयो । 

    महायज्ञका प्रमुखवाचक आचार्य चैतन्य कृष्ण प्रभुले सांसारिक जीवनमै रहेर पनि आन्तरिक शुद्धी सहित बढ्न आध्यात्मिक मार्ग उपयोगी हुने बताउनुभयो । त्यसका लागि महायज्ञको महत्वपूर्ण हुने भूमिका रहने समेत उल्लेख गर्नुभयो ।maha.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology