Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा आजदेखि बि टु सि समिट,२८ स्टल तयार,साढे ११ बजे उद्घाटन -VIDEO

बुटवलमा आजदेखि बि टु सि समिट,२८ स्टल तयार,साढे ११ बजे उद्घाटन -VIDEO

  • 2.6K
    SHARES

  • बुटवलमा आजदेखि बि टु सि समिट,२८ स्टल तयार,साढे ११ बजे उद्घाटन -VIDEO

    बुटवल,फागुन २६।

    बुटवलमा आजदेखि दुई दिने बि टु सि (विजनेश टु कस्टमर) समिट सुरु हुँदै छ । विश्वमा सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ-नयाँ प्रविधिसंग सम्बन्धित सामाग्रिहरुको प्रदर्शनी तथा सेवाहरुको बारेमा जानकारी गराउनको लागि आयोजना गरिएको बि टु सि समिट दुई दिनसम्म चल्ने छ ।

    कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजनामा बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा हुन लागेको समिटको सम्पूर्ण तयारी पुरा भएको क्यान रुपन्देहीले जानकारी दिएको छ । समिटको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नेछन् ।

    क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा प्रविधिसंग सम्बन्धित कम्पनीका २८ स्टल रहने छन् । जसमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर र विभिन्न इन्नोभेसन प्रदर्शन गर्नेछन् ।
    समिटमा अवलोकनकर्तालाई निःशुल्क प्रवेश गराईने छ ।

    कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । समिटमा प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति निर्माण तहका जनप्रतिनीधि तथा अधिकारीहरु तथा उपभोक्ताहरु सहभागि हुने पनि उनले जानकारी गराए ।

    क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ब्रान्ड लक्षित कार्यक्रम हुनेछन् । ब्राण्डको प्रमोसन मात्रै गर्नेगरी कार्यक्रमको मोडेल बनाईएकाले खरिद बिक्रि हुनेछैन । त्यस्तै समिटमा उत्पादक तथा इम्पोटर बिच अन्तरक्रिया कार्यक्रम गरिने छ । समिटमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्नेछ भने आफ्नो सिमकार्डलाई ई(सिममा परिवर्तन गर्न सकिने छ ।

    क्यान महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा रुपन्देहीका संस्थापक नवराज कुवँरले समिटबाट सूचना प्रविधिको क्षेत्रमा भईरहेका विकासका बारेमा जानकारी लिन र त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्ने कुराको बारेमा जानकारी हासिल गर्न सकिने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology