Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल - १५ मा ‘प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता’ हुने

बुटवल - १५ मा ‘प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता’ हुने

  • 1.5K
    SHARES

  • बुटवल - १५ मा ‘प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता’ हुने

    बुटवल, फागुन २५ ।

    बुटवलमा प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लबको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं १५, रतनपुरको मुक्तिधाम खेलमैदानमा फागुन २७ गतेबाट हुने भएको हो ।

    आईतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष मनिष काफलेले बताए । वडा नं १५ स्थित सृजना युवा क्लबको संरक्षणमा रहेको नया मैदानलाई प्रचारप्रसार र प्रवद्र्धन गर्ने गरि खेल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए। नगरका हरेक वडामा रहेका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । प्रतियोगिता आयोजना गर्न बुटवल उपमहानगरपालिकाबाट ४ लाख रुपैया सहयोग भएको उनले बताए ।

    प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजेन्द्र बुढाथोकीले बताए । यसैगरि उपविजेता टिमलाई नगद ५१ हजार १ सय ११ रुपैया कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । टिम निशुल्क दर्ताको ब्यवस्था गरिएको प्रतियोगितामा १९ वटा वडा सहभागी हुने उनले बताए । चैत ६ गतेसम्म संचालन हुने प्रतियोगितामा करीब ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १५ का वडा सदस्य कुलप्रसाद लम्सालले वडामा रहेका खेल पुर्वाधारहरु संरक्षण गर्न आफुहरु लागेको र स्थानिय क्लबहरुलाई यसमा सहयोग गर्दै आएको उनले बताए । आफ्नो वडामा उजेलापुर, मधैया, सेमलार र मुक्तिधाम खेलमैदान गरि चार वटा पुर्वाधार रहेको र त्यसलाई संरक्षण गरिरहेको उनले बताए ।

    कार्यक्रममा वडासचिव मेघराज काफ्ले, मुक्तिधाम टोल समितिका अध्यक्ष प्रेम प्रसाद पौडेल, मुक्तिधाम आमा समुहकी अध्यक्ष डम्बरादेवि शर्माले खेलबाट नै अब आफ्नो क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । क्लब स्थापना भएसंगै रक्तदान, लागू औषध दुब्यसनी सम्बन्धि सचेतना, खेलकुद प्रतियोगिता, सेभेन ए साईड प्रतियोगिता लगायत गर्दै आएको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, फाल्गुण २५ २०८१०६:१५:४९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology