Logo बिहिवार, आश्विन १ गते २०८३
images

वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै नेपाल राष्ट्र बैँक

वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै नेपाल राष्ट्र बैँक

  • 1.4K
    SHARES

  • वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै नेपाल राष्ट्र बैँक

    बुटवल,फागुन २४ ।


    नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने भएको छ । आगामी चैत ४ देखि १० गतेसम्म जीएमडब्ल्यू मनाउने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ ।
    उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने बताइएको छ ।

    विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको राष्ट्र बैंकले जनाएको छ ।आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ ।
    बैङ्कको सिद्धार्थनगर शाखाले पनि विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

    चैत ४ गते `थिङ्क बिफोर यु फलो विस मनी टुमारो´ सहित प्रभातफेरी ,४ देखि ११ सम्म अन्तरक्रिया,सचेतना कार्यक्रम,साक्षरता ,चैत ८ गते स्नातकतहका बिद्यार्थिबिच हाजिरिजवाफ गरिने बैकका निर्देशक रमेश आचार्यले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण २४ २०८१११:१५:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology