बुटवल,फागुन २४ ।
रुपन्देहीको सैनामैनामा जारी फुटवल प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लव सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ । आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लवबिच भएको खेलमा १-० गोल अन्तरले जित निकाल्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा मुर्गियाका जर्सी नं.८ का एरोन थापाले ८६ औँ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो । घरेलु मैदानमा उत्रिएको मुर्गियाले डिजोङ्गीलाई दोस्रो हाफको अतिरिक्त सयममा गोलविहीन बनाउन सफल रह्यो । खेलको पहिलो हाफमा भने दुबै टिमले बारम्बार गोल गर्न प्रयास गरेपनि गोल गर्न भने सकेनन् । सैनामैनाको फुटबल रंगशालामा भइरहेको खेलमा आज मुुर्गिया फुटबल क्लवका एरोन थापा म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी पाए ।
फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबार कपिलवस्तु ११ कपिवलस्तु र फर्साटिकर फुटबल क्लवबिच दिउसो ३ बजे प्रतिस्पर्धा हुने खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो ।मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०–४० हजार प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताउनुभयो । फाइनल खेल यही फागुन २८ गते हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)