बुटवल,माघ ९-
राईट पाथ एजुकेशन कान्सल्टेन्सीको चौथो शाखा बुटवलमा विस्तार गरिएको छ ।
काठमाण्डौमा मुख्य कार्यालय रहेको कन्सटेन्सीको चौथो शाखाको रुपमा बुटवलमा सुरुवात गरिएको हो । बुटवलको शुक्रपथमा शुक्रबार बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठ, कन्सल्टेन्सीका ब्रान्ड एम्बाष्टर नायिका पुजा शर्मा, राईट पाथका सिईयो फिल्प डिसी लगायतले संयुक्तरुपमा शुभारम्भ गरेका हुन ।
काठमाण्डौमा मुख्य कार्यालय रहेको उक्त कन्सटेन्सीका चितवन, दाङ, हेटौडा मा शाखा रहेका छन् । बुटवलको शाखा आशिष पाण्डे , कृष्णप्रसाद अर्यालले सञ्चानमा ल्याएका हुन ।
शाखा शुभारम्भ कार्यक्रममा नायक आकाश श्रेष्ठ, रेका रुपन्देहीका अध्यक्ष शुनील वावु जोशी, ईक्यान रुपन्देहीका अध्यक्ष देव बहादुर कुँवर, सचिव गिरीराज पाण्डे, दिपक रोका लगायतले शुभकामना दिए ।
बुटवल शाखा प्रमुख कृष्ण प्रसाद अर्यालका अनुसार उक्त कन्सटेन्सीले अष्ट्रेलिया , क्यानडा, युके अध्यायनको लागि विभिन्न कार्यहरु गर्दै जाने छ । जसको लागि आयल्स, टोफेल, जिआई जिम्याट लगायतका कक्षाहरु समेत यहाँ सञ्चालन हुनेछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)