Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवलपरासीको सुस्तामा आगलागी : ३ जना घाइते,५ दाजुभाइको घर जल्यो

नवलपरासीको सुस्तामा आगलागी : ३ जना घाइते,५ दाजुभाइको घर जल्यो

  • 1.1K
    SHARES

  • नवलपरासीको सुस्तामा आगलागी : ३ जना घाइते,५ दाजुभाइको घर जल्यो

    नवलपरासी,फागुन २४ ।

    नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

    आगलागीबाट सतारुल नेसा, निजामोदिन मियाँ र तैमुरदिन मियाँ घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिवकुमार क्षेत्रीले जानकारी दिनुभयो । उनीहरूको चौपत्ता सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

    निर्माणाधीन घरमा हिजो बिजुलीको मिटरबक्स शर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँच जना दाजुभाइ इद्रिस अली, कासिम अलि, नुर मोहम्मद अलि, मोहम्मद शेख आलम मियाँ र अफताब अलीको घर जलेको इन्स्पेक्टर क्षेत्रीले बताउनुभयो ।

    आगलागीबाट खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामान, गरगहना तथा नगद गरी २७ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो बर्दघाट नगरपालिका र रामग्राम नगरपलिकाको दमकल तथा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको सुस्ता गाउँपालिका–३ का अध्यक्ष हरिलाल दुषाधले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण २४ २०८११०:२०:२३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology