Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विजयकृष्ण मूर्ति भन्छन्, ‘कोटीहोम कसैले रोकेर रोकिनेवाला छैन,पोखरा छोडेर जान्न !’

विजयकृष्ण मूर्ति भन्छन्, ‘कोटीहोम कसैले रोकेर रोकिनेवाला छैन,पोखरा छोडेर जान्न !’

  • 1.8K
    SHARES

  • विजयकृष्ण मूर्ति भन्छन्, ‘कोटीहोम कसैले रोकेर रोकिनेवाला छैन,पोखरा छोडेर जान्न !’

    पोखरा,फागुन २४ ।

    कोटीहोम महायज्ञ भूमिपूजनमा शुक्रबार झडपको घटनामा यज्ञ आयोजक मानव सेवा फाउण्डेसनले कुनै पनि हालतमा यज्ञ नरोकिने स्पष्ट पारेको छ ।फाउण्डेशनका संस्थापक विजय भण्डारीले भने, ‘यज्ञ कसैले रोकेर रोकिनेवाला छैन । कसैले छेकेर छेकिने छैन । कसैको डर, कसैको धाक, कसैको शक्तिले विजयकृष्ण मूर्ति पोखरा छोडेर जानेवाला छैन ।’

    उनले संविधानमा लेखेको कुरा मिचेर ‘होलीवाइनका मतियारहरुले’ यो काम गरिरहेको आरोप पनि लगाए ।‘बालयोगेश्वर विजयकृष्ण मूर्ति जस्तोसुकै परिस्थितिमा पनि यज्ञबाट कुनै पनि हालतमा पछि हट्दैन । एक कदम पनि पछि हट्दैन । आज पनि रोक्ने प्रयास थियो, हामीहरु सफल गराएरै छोड्यौं,’ सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले भनेका छन् ।

    सम्मानित अदालतले आदेश दिँदादिँदै शक्तिको घमण्ड गरेर, जनताले दिएको करको दुरुपयोग गरेर महानगरले यज्ञ रोक्न महानगर उद्दत रहेको उनको आरोप छ । उनले उक्त कार्य पूरा नियोजितरुपमा भएको पनि दाबी गरेका छन्।पोखराका मेयरलाई लक्षित गर्दै उनले भनेका छन्, ‘तपाईको शक्ति प्रयोग गर्नुभयो । तपाईंमा राष्ट्रिय अन्तर्राष्ट्रियको शक्तिको छायाँ छ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology