Logo बिहिवार, आश्विन १ गते २०८३
images

सामाजिक सहायता समूह नेपालद्वारा बिरामीलाई आर्थिक सहयोग

सामाजिक सहायता समूह नेपालद्वारा बिरामीलाई आर्थिक सहयोग

  • 3.2K
    SHARES

  • सामाजिक सहायता समूह नेपालद्वारा बिरामीलाई आर्थिक सहयोग

    बुटवल,माघ ९-

    टीकटक संचालन गर्नेहरुको संस्था सामाजिक सहायता समूह नेपाल (एसएसजी नेपाल) ले ब्रेन ह्याम्पर र वेन ट्युमरका दुइ विरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

    दुइ जना विरामीलाई जनही ५७ हजार ६का दरले आर्थिक सहयोग प्रदान गरेको सामाजिक साहयता समूह नेपालका अध्यक्ष टिका तिमल्सिनाले नागरिक अनलाइनलाई बताए ।

    देश तथा विदेशमा रहेका सहयोगी साथीहरुले पठाएको सो रकम संस्थाले बिएनबि अस्पतालमा उपचाररत धादिङ निवासी ३१ बर्षिय श्रीराम अर्याल र भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत काभ्रे पनौतीका सञ्जय खत्रीलाई हस्तान्तरण गरेको उपाध्यक्ष विश्वनाथ खत्रीले बताए ।

    सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक सहायता समूह नेपालका अध्यक्ष तिमल्सिना, उपाध्यक्ष विश्वनाथ खत्री, महासचिव गणेश सेन्चुरी, कोषाध्यक्ष बिपिन काफ्ले, सहसचिव रमा सुबेदी, सदस्यहरु मालती राज भण्डारी, कल्पना केसी, तुलसा तिमल्सीना,सुरेश लामा, जीवन राजा (कुलबहादुर श्रेष्ठ) तथा मुना मदन टीमका सदस्यहरुको उपस्थीति रहेको थियो ।ssg.png

    यो रकम एसएसजी नेपाल र संस्थाभन्दा बाहिर रहनुभएका दाताहरुबाट संकलन गरिएको एसएसजी नेपालले जनाएको छ ।

    सामाजिक सहायता समूह नेपाल (एसएसजी नेपाल) ले यसअघि पनि बिभिन्न अप्ठ्याराेमा परेका बिरामी तथा आर्थिक अवस्था कमजाेर भएका र परिवारका सदस्य गुमाएका सहयाेगापेक्षीहरुलाई सहयाेग गर्दै आएको छ ।

    याे पनि :-

    सामाजिक सहायता समुह नेपालद्वारा दुर्घटनामा मृत्यु भएका विपिनको परिवारलाइ ८१ हजार१२० रुपैँया आर्थिक सहयोग हस्तान्तरण

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology