Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा युवा कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने

बुटवलमा युवा कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने

  • 1.3K
    SHARES

  • बुटवलमा युवा कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने

    बुटवल, फागुन २३ ।

    चर्चित कवि नवराज पराजुलीको विशेष कविता कन्सर्ट बुटवलमा आयोजना हुने भएको छ ।

    " बुटवलमा भेटौला" भन्दै कला, साहित्य, र संगीतप्रेमीहरूलाई लक्षित गरी ड्रिम हाइ नेपाल द्वारा आयोजित कविता कन्सर्ट कार्यक्रम क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा आयोजना हुन लागेको छ ।

    पराजुलीको एकल कविता कन्सर्ट आगामी चैत्र १६ गते सनिवार बुटवल कालिकानगर स्थित क्लब डेनोभोमा दिउँसो ३:०० बजे बाट सुरु हुनेछ । कार्यक्रममा नवराज पराजुलीले आफ्ना चर्चित कविता वाचन गर्नुका साथै यो पटक  बुटवल कन्सर्टमा नया कविता पस्कने प्रतिबद्दता समेत गर्नु भएको छ । 

    कार्यक्रम टिकट शो हुने र कार्यक्रमबाट  संकलित रकमबाट केहि रकम बुटवलस्थित दृस्टीबिहिनलाइ सहयोग समेत गरिने कुरा आयोजकले जानकारी दिनु भएको छ । साहित्यप्रेमीहरूका लागि यो कार्यक्रम निकै फरक अनुभुति  दिने र  प्रेरणादायी हुने अपेक्षा गरिएको  आयोजकले बताएको छ ।

     कार्यक्रमका लागि  इच्छुक व्यक्ति तथा सस्थाहरूले ९८५७०७८०२४ मा सम्पर्क गरि टिकट खरिद सगै कार्यक्रमका लागि प्रायोजन एवं  सहयोग समेत गर्न सक्नुहुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण २३ २०८१०७:३४:०४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology