बुटवल,फागुन २२ ।
सैनामैनामा सञ्चालन भइरहेको सुनगाभा सैनामैना गोल्डकप २०८१ मा आज चौथो दिनको खेलमा काठमाडौँको महावीर क्लब विजय भएको छ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा नै महावीर क्लबका जर्सी नम्बर १७ का सुरज थारुले खेलको १८ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।
गोल प्रस्चात दुवै टिमले आफ्नो खेललाई दमदारमा रुपम प्रस्तुत गर्दै बारम्बार गोलप्रोस्टमा प्रहार गरेता पनि पहिलो हाफ १-०मै सकियो।
खेलको दोस्रो हाफमा प्रतिस्पर्धात्मक रहेता पनि पूर्ण महावीर क्लबले आफ्नो गोलमा एक गोल थप्दै २-० को अग्रता लिएको थियो भने महावीरका लागि पूर्ण सुरज थारुले नै गोल गरेका थिए । दोस्रो गोल खेलको ६२ औँ मिनेटमा भएको थियो।
खेलको ३९ औँ मिनेटमा बिएफसीको उत्कृष्ट फ्री किक प्रहारलाई महावीरका गोलकिपर सुन्दर बचाउ गरेका थिए ।
खेलमा महावीर क्लब काठमाडौँ र हनामी बिएफसी चितवन दुवै टिमका एकएक जनाले पहेँलो कार्ड प्राप्त गरेका थिए। आफ्नो टिमको लागि दुई गोल गरेका सुरज थारु खेलको मानव घोषित भएका थिए।
भोलिको खेल आयोजक मुर्गिया फुटबल क्लब र छिमेकी राष्ट्र भारत सिक्किमको क्लब बीच हुने कुरा खेल संयोजक अशोक खड्काले जानकारी गराउनुभयो।
मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)