Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनताका कारण कांग्रेस लोकप्रिय भयो,बलियो बनाउन लागौं : सभापति देउवा

जनताका कारण कांग्रेस लोकप्रिय भयो,बलियो बनाउन लागौं : सभापति देउवा

  • 1.3K
    SHARES

  • जनताका कारण कांग्रेस लोकप्रिय भयो,बलियो बनाउन लागौं : सभापति देउवा

    काठमाडौं,फागुन २२ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन्। बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैठौं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् ।

    कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्ने उनले बताए । लोकतन्त्रमा मात्रै सबैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे । सभापति देउवाले गोर्खा भर्ति केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको भन्दै समस्या समाधानका लागि कूटनीतिक तवरले कुरा अघि बढाउने प्रतिबद्धता जनाए।

    गोर्खा भूतपूर्व सैनिकको पेन्सनको विभेदका विषयमा समेत आफू जानकार रहेकाले यस विषयमा पनि आफूले सम्बन्धित निकायमा कुरा गर्ने उनको भनाइ छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology