Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुनगाभा सैनामैना गोल्डकपमा महावीर र हनामी बिएफसी भिड्दै

सुनगाभा सैनामैना गोल्डकपमा महावीर र हनामी बिएफसी भिड्दै

  • 966
    SHARES

  • सुनगाभा सैनामैना गोल्डकपमा महावीर र  हनामी बिएफसी भिड्दै

    बुटवल,फागुन २२ ।

    रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा बिहीबार महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवन बीच प्रतिस्पर्धा खेल हुँदै छ । 

    मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला मुर्गियामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ ।  एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै अभिषेक चर्च सेमिफाइनल प्रवेश गरेको छ। खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए । 

    प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख  रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र  दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०/४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेको छ ।

    खेल दिउँसो ३ बजे सुरु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology