Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यी हुन् लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका चार निर्णय

यी हुन् लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका चार निर्णय

  • 4.7K
    SHARES

  • यी हुन् लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका चार निर्णय

    दाङ,फागुन २० ।

    लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने, प्रदेश सचिवहरुको जिम्मेवारी तोक्ने, प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता सेवा विधेयकको अवधारणापत्र माथि सैद्धान्तिक सहमति प्रदान गर्ने, तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । 
     
    मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कविन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोक बहादुर सुनारलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय,नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा र दुर्गा लक्ष्मी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, फाल्गुण २१ २०८१०२:३७:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology