Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकरले हरायो पुलिसलाई

सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकरले हरायो पुलिसलाई

  • 1.6K
    SHARES

  • सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकरले  हरायो पुलिसलाई

    बुटवल,फागुन २० ।
    सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा फर्साटिकर क्लबले जीत हासिल गरेको छ । 
    मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन मंगलबार फर्साटिकारले नेपाल पुलिसलाई  २–० ले हराउँदै हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । 
    सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा जारी गोल्डकप पहिलो हापको २९ औं  र दोस्रो हापको ६४ औं मिनेटमा टिमका लागि फर्साटिकारका गणेश हमालले एक्लै २ गोल  प्रहार गरि टिमलाई विजयी बनाउन सफल भए ।
    फर्साटिकर क्लबका गणेश हमाल खेलको म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेको खेल संयोजक अशोक खड्काले जानकारी दिए  । 
    बुधबार एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुरबिच दिउँसो ३ बजे खेल हुने टिम सयोजक श्री दर्लामिले बताउनुभयो  । 
    प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख  रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र  दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०/४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । 
    प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल क्लब गरी १० टोली सहभागीता रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, फाल्गुण २० २०८१०७:२७:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology