Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अक्सफोर्ड कलेजमा मेगा फुड फेस्टिवल,रक्तदान तथा लाइभ कन्सर्ट

अक्सफोर्ड कलेजमा मेगा फुड फेस्टिवल,रक्तदान तथा लाइभ कन्सर्ट

  • 3.2K
    SHARES

  • अक्सफोर्ड कलेजमा मेगा फुड फेस्टिवल,रक्तदान तथा लाइभ कन्सर्ट

    बुटवल,फागुन २० ।

    अक्सफोर्ड कलेजमा  तेस्रो मेगा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट भएको छ । कलेजमा बिएचएममा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा मंगलबार फुड फेस्टिवलसँगै लाइभ कन्सर्ट र रक्तदान कार्यक्रम भएको हो । 

    विद्यार्थीहरुले चिकन छोइला, चिकेन मोःमोः चिकेन स्वर्मा, फराई चिकेन, भेज छोइला, भेज स्वर्मा, खाजा सेट लगाएका परिकार बनाएका थिए । विद्यार्थीहरुले बनाएका उक्त परिकारहरु संचालक समिति, प्रध्यापक, शिक्षक तथा विद्यार्थीहरुले खाएका थिए

    विद्यार्थीहरुले तयार पारेका ती परिकारको मूल्य न्यूनतम राखिएको बिएचएम/बिआइएम कार्यक्रमका संयोजक ओमबहादुर खत्रीले बताए । फुड फेस्टिवलमा बिएचएम/बिआइएमका विद्यार्थीलाई प्रध्यापक विवेक न्यौपानेले गाईट गरेका थिए । लाइभ कन्सर्ट कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न सांगितीक प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । 

    उक्त कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयका पूर्व अनुसन्धान केन्द्रका डारेक्टर कृष्णचन्द्र शर्माले विद्यार्थीहरुलाई अहिलेको आधुनिक युगमा सैद्धान्तिक भन्दा पनि व्यवाहिरक ज्ञान सिकाउनु अति आवश्यक रहेको बताए ।   व्यवस्थापन समितिका अध्यक्ष डा. अजित खनालले अक्सपोर्डले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षामा मात्रै केन्द्रित नगरेको बताए । साथै उनले यहाँ अध्ययन गरेका विद्यार्थीहरुलाई हरेक क्षेत्रमा दक्ष बनाउनका लागि विभिन्न अतिरिक्त कार्यक्रमहरु संचालन गर्ने गरेको बताए ।

    विद्यार्थीहरुको व्यवहारिक शिक्षालाई अभिवृद्धि गर्ने उद्धेश्यका साथ कजेलले फुड फेस्टिवल तथा सांगितीक कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख मनोज मरासनीले बताए ।  क्याम्पस प्रमुख मरासिनीले कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा गएको बताए । त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दानी समेत गर्न थालेको मरासिनीले बताए ।

    साथै कलेजले फुड फेस्टिवलसँगै आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत सङ्कलन भएको कार्यक्रम संयोजक विष्णु खनालले बताए । रक्तदान रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको थियो । 

    कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पूर्व अनुसन्धान केन्द्रका डारेक्टर कृष्णचन्द्र शर्मा, अक्सफोर्ड कलेज अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, व्यवस्थापन समितिका सदस्य धर्म पौडेल, प्राचार्य दिनेश भुसाल, होराइजन गौतम बुद्ध माविका प्राचार्य गोपाल प्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, प्रध्यापक नारायण सापकोटा, बालकृष्ण पोखरेल, भ्वाइस प्रिन्सिपल मोहन क्षेत्री, विश्वास ढकाल, बिबिएस, बिएडमा अध्ययनरत विद्यार्थीसहित अक्सफोर्ड एकेडेमी अन्तर्गतका सम्पुर्ण विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो । 

    सोही कार्यत्रममा कलेजले आयोजना गरेको फुटसल, वेभ डिजाइजनमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई कप, मेडल र प्रमाणपत्रले समेत सम्मान गरिएको थियो । कार्यक्रमको संचालन आकृति सुवेदी, विपिन खत्री, सोन्मा गुरूङ, मेघना सिङ, दिक्षा भट्टराई र प्रकृति न्यौपानेले गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology