बुटवल,फागुन २० ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठक सुरु भएको छ ।
प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा मंगलबार भैरहवा गार्डेन रिसोर्टमा आगामी स्ववियु निर्वाचन लगायतका विषयलाई लिएर उक्त बैठक सुरु भएको हो ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा बसेको बैठकमा आगामी चैत्र ५ गते देखि सुरु हुने स्ववियु निर्वाचनको विषयलाई लिएर छलफल हुने समितिका सहमहामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान) ले बताए ।
बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, प्रदेश पदाधिकारी, विभिन्न जिल्लाका पार्टी सभापतिहरु, नेविसंघका नेता लगायतको उपस्थिति रहेको छ । बैठकको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)