बुटवल,माघ ९-
भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ बर्षको उमेरमा निधन भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारी बस्दै आएका कार्कीको आज विहान हृदयघातबाट निधन भएको हो । बुटवलबाट काठमाडौं लैजादैगर्दा मुगलिन नजिकै बाटोमा निधन भएको जनाइएको छ ।
सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जितेका थिए ।
सन् २०१९ को जुलाईमा ५०–५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा उनी छनौट भएका थिए ।
भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
नेपालमा भारत्तोलनको तालिम सचालन गरेर आगामी पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पुर्याउने उद्देश्यले नेपाल फर्किएका थिए ।
नेपाल र नेपालीको नाम बिश्वसामु पुर्याउन सफल भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी एवं च्याम्पियन कार्कीको निधनले खेलजगत स्तब्ध भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)