Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजदेखि सैनामैनामा राष्ट्रिय फुटवल सुरु हुँदै,उद्घाटनमा आयोजक र गोर्खा ब्वाईज भिड्ने

आजदेखि सैनामैनामा राष्ट्रिय फुटवल सुरु हुँदै,उद्घाटनमा आयोजक र गोर्खा ब्वाईज भिड्ने

  • 786
    SHARES

  • आजदेखि सैनामैनामा राष्ट्रिय फुटवल सुरु हुँदै,उद्घाटनमा आयोजक र गोर्खा  ब्वाईज भिड्ने

    सैनामैना, फागुन १९ ।

    आजदेखि रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटवल रंगशालामा हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
    प्रतियोगिता आयोजक सैनामैना फुटवल क्लवका खेल संयोजक अशोक खडकाले दिउँसो एक बजेदेखि उदघाटन कार्यक्रम सुरु हुने र उदघाटन खेल आयोजक  मुर्गिया फुटवल क्लव र गोर्खा व्वाईज बुटवलबीच हुने जानकारी दिनुभयो । 
    फागुन २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । 
    प्रतियोगितामा डिजेङ्गी फुटबल क्लब सिक्किम भारत, गोरखा ब्वाइज फुटबल क्लब बुटवल, महावीर क्लब काठमाडौं, एपीएफ क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, कपिलवस्तु ११ कपिलवस्तु, अभिषेक चर्च नवलपुर, हनामी बिएफसी चितवन, फर्सटिकट युथ क्लब रूपन्देही र आयोजक मुर्गिया फुटवल क्लब गरि १० टिमको सहभागिता रहनेछ ।   
    प्रतियोगिताको विजेता टिमलाई सात लाख र उपविजेतालाई चार लाख रुपियाँ पुरस्कार तथा प्रमाणपत्र र कप प्रदान गरिनेछ । 
    रुपन्देहीलाई खेल क्षेत्रको हव बनाउन र राष्ट्रिय स्तरका युवा खेलाडी उत्पादन गर्न प्रतियोगिता सहयोगी बन्ने आयोजकको भनाइ छ । 
    प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपियाँ खर्च लाग्ने प्रतियोगिताका आर्थिक संयोजक गोपाल खडकाले जानकारी दिनुभयो । 
    आयोजक मुर्गिया फुटवल क्लवले उदघाटन खेल हेरेर मनोरञ्जन लिन सवैसंग आग्रह गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, फाल्गुण १९ २०८१०७:५३:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology