बुटवल,फागुन १८ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सभापति शेरबहादुर देउवाका अति प्रियपात्र मानिने बालकृष्ण खाँडले पार्टी संस्थापन समूहको साथ छाड्ने छनक दिएका छन् ।
आइतबार नेता खाँडको गृहनगर रुपन्देहीको तिलोत्तमामा नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजाललाई सँगै राखेर साथ नछाड्ने संकेत गरे । यो कार्यक्रममा सहभागी कांग्रेस नेताहरुले खाँडको प्रष्ट रुपमा देउवाको साथ छाडेको संकेत गरेको बुझेका छन् । उनीहरुले अब कोइरालालाइ खाँणको दरिलाे साथ रहने अनुमान गरिसकेका छन् ।
नेता खाँणले घुमाउरो पारामा अब देश चलाउन सक्नेलाई पार्टीको जिम्मेवारी दिनुपर्ने अवस्था आएको बताउँदै शेखर कोइरालातर्फ संकेत गरेका थिए । उनले अबका दिनमा दुवै डाक्टरहरुलाई साथ दिने बताए । ‘जसले देश चलाउनसक्छ, जसले पार्टी चलाउन सक्छ उसैलाई साथ दिने हो, त्यो अब डक्टरहरुले गर्नुहुन्छ, पढेर डाक्टर हुन सकिएन डाक्टर बनेकाहरुको साथमा रहिन्छ’ उनले भनेका छन् ।
लामो समय देउवाको साथमा रहेका उनी केही समययता असन्तुष्ट रहँदै आएका थिए ।उनले नेपाली कांग्रेसमा कृष्ण कोइरालाको योगदानलाई सम्झेर पनि त्यो लिगेसीको आधारमा शेखरलाई अघि सार्नुपर्ने भूमिका बाँधेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)