Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा.शेखरको प्रश्न :कांग्रेस बलियो हुन कम्युनिष्टरूसंग लड्ने की आ-आफै ? (LIVE)

डा.शेखरको प्रश्न :कांग्रेस बलियो हुन कम्युनिष्टरूसंग लड्ने की आ-आफै ? (LIVE)

  • 2.2K
    SHARES

  • डा.शेखरको प्रश्न :कांग्रेस बलियो हुन कम्युनिष्टरूसंग लड्ने की आ-आफै ? (LIVE)

    बुटवल,फागुन १८ ।

    नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले कम्युनिस्टहरूसँग लड्नुपर्नेमा आफैँभित्र लडाइँ हुनु दर्भाग्य भएको बताएका छन् ।

    एक-आपसमा लड्दै छौँ, के देखाउन के बुझाउन हो? यो कुरालाई मनन गर्न जरुरी ,’ आइतबार रुपन्देहीमा आयोजित कांग्रेस सुचना तथा सञ्चार बिभागको कार्यक्रममा उनले भने, ‘हामी कांग्रेस बलियो भन्छौँ, यसरी बलियो हुँदैन, बलियो हुन एक ढिक्का भएर अगाडि बढ्न जरुरी छ।’ 

    उनले एक्लै चुनाव लड्नका लागि जनताको तागत लिएर कांग्रेस अगाडि बढ्दै आएको चर्चा गरे। अब आपसमा लडाइँबन्द गर्नुपर्ने उनले जोड दिए। एमाले, माओवादी, जसपाहरूसँग लड्नुपर्नेछ। यस्तोमा कांग्रेस एक-आपसमा लड्न नहुनेउनले बताए।

    महाधिवेशन सकिएपछि महाधिवेशनका तिक्तताहरू पालेर बस्न नहुने पनि बताए। अब तिक्तता पालेरबसे कांग्रेस कमजोर हुने भन्दै तिक्तता त्यागेर कांग्रेसलाई थप बलियो बनाउन लाग्नुपर्नेमा उनले जोड दिए। 

    कांग्रेस नेता कोइरालाले मुलुक बनाउनका लागि युवाहरूमा सोच परिवर्तन मुलुकमा सुशासन स्थापित गर्न जोड पनिदिए।हामी नेपाली हौँ, नेपाल बनाउँछौँ भन्ने सोच युवामा हुनुपर्‍यो, यहाँबाट गएका युवाले कतार, दुबई, मलेसियाबनाए। हामी हाम्रै देश बनाउन किन सक्दैनौँ,’ कोइरालाले भने। 

    उनले राष्ट्रियता लोकतन्त्रको पहरेदार कांग्रेस रहेको जनतासँग जोडिएर काममा लाग्न कार्यकर्ताहरूलाई निर्देशनपनि दिए।कांग्रेस कमजोर छैन, अरू पार्टीलाई सधैँ सिकाउँदै आएको ,’ उनले भने। bk khad.jpg

    कार्यक्रममा अर्का केन्द्रिय सदस्य बालकृष्ण खाणले कांग्रेसले सबैलाई समेटेर अगाडि बढ्दै आएको भन्दै कांग्रेसको विकल्पकांग्रेस नै रहेको बताए। उनले पार्टीको अधिवेशन निर्धारित मितिभन्दा दायाँबायाँ नहुने दाबी गरे।

    कार्यक्रममा सहमहामन्त्री जीवन परियार,केन्द्रिय सदस्यहरूडा.मिनेन्द्र रिजाल,मिन विश्वकर्मा,नैनसिंह महर,ग‌गा शाही,राजु खनाल,भुवन श्रेष्ठ,खेलराज पाण्डेय,सहजकर्ताद्वय जगत नेपाल,हरिबहादर थापा,सुचना तथा सञ्चार बिभागका सदस्य कमला अधिकारी लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology