Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको मायादेवीमा राकेश सिंह लोधको हत्या

रुपन्देहीको मायादेवीमा राकेश सिंह लोधको हत्या

  • 1.2K
    SHARES

  • रुपन्देहीको मायादेवीमा राकेश सिंह लोधको  हत्या

    बुटवल,फागुन १७ ।

    रुपन्देहीको मायादेवीमा एकजना माथि गोली प्रहारबाट हत्या भएको छ। रुपन्देही प्रहरीका अनुसार मायादेवी गाउपालिका वडा नं २ दंगचैया बस्ने अनिल भन्ने राकेश सिंह लोधमाथि गोली प्रहार गरी हत्या भएको हो। 

    बिहान अवेरसम्म नउठेका उनलाई स्थानियले घरको बरन्डामा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए।रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज खत्रीले लोधकोे निधार र कन्चटमा घाउ देखिएको बताए। हामीले मुचुल्का उठाउदै छौ,गोली प्रहारबाट नै हत्या भएको भन्ने खुलेको छैन घाउ हेर्दा गोली प्रहार जस्तो देखिन्छ उनले भने। 

    गाउँमै खेती किसानी गर्दै आएका २९ बर्षिय लोध घरमा एक्लै बस्ने गर्दथे। घटना पछि मृतकका दाजु दिपक लोेध फरार छन् । उनीहरूका बिचमा अंश बिवाद रहेको स्थानीयले बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण १७ २०८११०:२२:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology