Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेमकिपाको आठौं महाधिबेश काठमाण्डौमा शुरु

नेमकिपाको आठौं महाधिबेश काठमाण्डौमा शुरु

  • 1.2K
    SHARES

  • नेमकिपाको आठौं महाधिबेश काठमाण्डौमा शुरु

    काठमाडाैँ,फागुन १७ ।

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिबेश काठमाण्डौमा शुरु भएको छ।

    महाधिबेशनको उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँं (रोहित) ले देश र जनताका लागि बैज्ञानिक समाजवादी व्यबस्था नै अवको बिकल्प भएको बिचार व्यक्त गर्नु भएको छ।अध्यक्ष विजेक्छेले देशमा राजतन्त्र र प्रजातन्त्र वा लोकतन्त्रिक व्यवस्था आएको पनि दशकौं भयो तर यो व्यवस्थाले जनताको कुनै हित नभएको भन्दै अब समाजवादी व्यवस्थाको अर्को विकल्प नभएको उल्लेख गर्नुभयो।

    जनताको सेवाबाहेक आफ्नो र आफ्नो पार्टीको अर्को दोश्रो कुनै उद्देश्य नरहेको बताउदै अध्यक्ष विजेक्छेले अव नेमकिपालाई साथ दिन सबैसँग आग्रह समेत गर्नुभयो। आफ्नो पार्टीबाहेक अहिलेसम्म  सबै पार्टीहरू सरकारमा गएको र अहिलेको यो अवस्था आउनुमा उनीहरू सबै दोषी भएको बताउदै अध्यक्ष बिजुक्छेँले  अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी भएको समेत आरोप लगाउनु भयो।

    अधिवेशनमा पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवाल, केन्द्रीय सदस्य सुनिल प्रजापतिलगायतका वक्ताहरूले देशमा धेरै कम्युनिष्ट नाम गरेका पार्टीहरू भएपनि कम्युनिष्ट आचरण अनुसार देश र जनताको पक्षमा भन्दा बिदेशीको दलाली गर्ने, भ्रष्टचार गर्ने, ठग र अनियमित्ताका पक्षधरहरुको मात्र सेवा गरिरहेको आरोप लगाउदै देशमा नेमकिपा मात्रै सच्चा कम्युनिष्ट पार्टी भएको दाबी गर्नुभएको थियो। महाधिवेशन फागुन १९ गतेसम्म चल्ने छ।महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ताहरू सहभागी रहेको पार्टीले जनाएको छ।

    उद्घाटनअघि काठमाडौँ कोटेश्वर, भक्तपुरका विभिन्न पाँच ठाउँहरूबाट छुटाछुटै जुलुस भएको थियो। बिहान १० बजे भेला भई बाजागाजाका साथ र्यालीसहित उद्घाटन स्थल सल्लाघारी भक्तपुरमा दिउँसो १ बजे पुगेका थियो। पार्टीको आठौँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology