Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा माओवादी जनजागरण अभियान तयारी : सुदर्शन बराल

लुम्बिनी प्रदेशमा माओवादी जनजागरण अभियान तयारी : सुदर्शन बराल

  • 1.3K
    SHARES

  • लुम्बिनी प्रदेशमा माओवादी जनजागरण अभियान तयारी  : सुदर्शन बराल

    बुटवल,फागुन १७ ।

    नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’अन्तर्गत लुम्बिनी प्रदेशमा तयारी सुरु गरेको छ । फागुन २७ गते पश्चिम नवलपरासीबाट लुम्बिनी प्रदेशका तराईका ६ जिल्लामा कार्यक्रम गर्ने तयारी सुरु भएको छ ।

    नवलपरासीमा फागुन २७ गते, रुपन्देहीमा २८ गते, कपिलवस्तुमा चैत २ गते, दाङमा ३ गते, बाँकेमा ४ गते र बर्दियामा ५ गते कार्यक्रम तोकिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । उनले जिल्लाहरूमा  रुट, बास तथा के–के कार्यक्रम गर्ने भन्नेमा प्रदेशले निर्देशन दिएको बताए । सोही अनुसार अहिले जिल्ला कमिटीले तयारी गरिरहेको उनले बताए ।

    नवलपरासीको वर्दधाटमा स्वागत गर्ने, त्यसपछि सुस्ता जाने, पाली नन्दन गाउँपालिका र परासीमा कार्यक्रम गरेपछि साँझ  सुनवलमा  बास  बसाल्ने योजना रहेको उनले बताए ।

    माओवादी केन्द्रको रुपन्देही जिल्ला कमिटी बैठक भोलि बसेर  रुपन्देही रुट तथा कार्यक्रम तय गर्ने बरालले  बताए । उनले अन्य जिल्ला कमिटीले अव बैठक बसेर कार्यक्रमहरूको निर्धारण गर्ने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology