Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रयागराजमा ४५ दिने महाकुम्भ मेला समापन,६५ करोडले लगाए डुबुल्की

प्रयागराजमा ४५ दिने महाकुम्भ मेला समापन,६५ करोडले लगाए डुबुल्की

  • 1.0K
    SHARES

  • प्रयागराजमा ४५ दिने महाकुम्भ मेला समापन,६५ करोडले लगाए डुबुल्की

    काठमाडौं,फागुन १५ ।
     महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ।

    विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन्।
    यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला हो।मेला भर्न आएका साधुसन्त, नागा साधु, विदेशी नागरिक र सेलिब्रिटीहरु भारतीय र विदेशी समाचारमाध्यमको आकर्षण बनेका थिए।महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए। यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भइ पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रही आएको छ। महाकुम्भ हिन्दु संस्कृति, अध्यात्म र आस्थाको प्रतिक हो।

    महाकुम्भलाई व्यवस्थित गर्न नदीको तटीय क्षेत्रको चार हजार हेक्टर खुला भूमीमा डेढ लाख टेन्टको स्थापना गरी एक अस्थायी शहरका रुपमा परिणत गरिएको थियो।

    गत जनवरी १३ देखि शुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा सकिएको हो। यो ४५ दिनको अवधिमा पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, बसन्त पञ्चमी, माघि पूर्णिमा र महाशिवरात्रीमा गरी ६ वटा विशेष वा अमृत स्नान भएका थिए।

    यति विशाल र अभूतपूर्व मानव भेलालाई व्यवस्थित गर्न उत्तर प्रदेश सरकारका लागि ठुलो चुनौतिका रुपमा रहेको थियो। मौनी अमावस्याको अमृत स्नानको अघिल्लो रात भागदौड मच्चिँदा जनवरी २९ मा कम्तिमा ३० जनाले ज्यान गुमाए भने अन्य ६० जना घाइते भएका थिए।

    यस्तै महाकुम्भ मेला भर्न जानका लागि प्रयागराज जाने विशेष रेल चढ्ने क्रममा भएको धकेला–धकेलमा दिल्ली रेलवे स्टेशनमा फेब्रुअरी १५ मा कम्तिमा १८ जनाको मृत्यु भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology