Logo बिहिवार, आश्विन १ गते २०८३
images

आम्दा बुटवलमा नौ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा

आम्दा बुटवलमा नौ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा

  • 1.1K
    SHARES

  • आम्दा बुटवलमा नौ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा

    बुटवल, फागुन १४ ।

    सिद्धार्थ वाल तथा महिला अस्पताल, आम्दा, बुटवलमा नौ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा सुरु गरिएको छ । अस्पतालमा आएका गम्भीर बिरामीहरूको निगरानी र बिशेष रुपले उपचारमा सघाउन आम्दा बुटवलले सोमबारदेखि एचडियु सेवा सुरु गरेको हो ।

    अस्पतालका मेडिकल सुपरेटेण्डेन डाक्टर बिनोदकुमार पराजुलीले सो सेवाको शुभारम्भ गर्नु भएको हो । सेवाको शुभारम्भ गर्दै डा. पराजुलीले एचडियु युनिट सामान्य वार्डभन्दा बढी निगरानी र उपचार आवश्यक पर्ने बिरामीहरूको लागि बनाइने युनिट भएकाले अस्पतालमा यो युटिन सुरु गरिएपछि अस्पताल आउने विरामीलाई सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

    उहाँले अस्पतालमा आउने विरामी र उनीहरुका अभिभावकले अस्पतालप्रतिको विश्वासलाई कायम राख्नका लागि एचडियु सेवा संचालन ल्याउन माग गरेकाले सोही अनुसार अब थप बिरामीलाई सेवा प्रदान गर्न सकिने बताउनुभयो ।

    विगत २६ वर्षदेखि निरन्तर सेवारत अस्पतालले सस्तो र शुलभ सेवा शुल्क लिने हुँदा आर्थिक अभावका कारण चाहना गरेजति सबै सेवा विस्तार गर्न नसके पनि स्रोतले भ्याएसम्म क्रमशः सेवाको आधुनिकिकरण र विस्तार गर्दै आएको उहाँले बताउनुभयो । उहाँले आईसियु इकाई स्थापनाका लागि तयारि भइरहेको र निकट भविष्यमा आईसियु सेवा संचालन हुने समेत सो अवसरमा जानकारी गराउनुभयो ।

    अस्पतालमा बाल रोग विशेषज्ञको उपस्थितिमा २४सै घण्टा आकष्मिक सेवा, बाल मुटुरोग, स्त्री क्यान्सररोग, बाल तथा स्त्री सम्बन्धि सम्पूर्ण शल्यक्रिया, नाक कान घांटी, आँखा, दाँत, नशा तथा हाडजोर्नी लगायतका सेवाहरू प्रदान गर्दै आएको समेत डा.पराजुलीले बताउनुभयो ।

    कार्यक्रममा अस्पतालका मानव संसाधन विभाग प्रमुख देब खनालले एचडियु सेवा तयारी अवस्थामा रहेको र बिरामीहरूको उपचार भइरहेको भएतापनि सोमबारबाट सेवालाई सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

    उहाँका अनुसार एचडियुमा बिरामीलाई नर्स र चिकित्सकको टोलीले २४ घण्टा निगरानी राखेर उपचार गर्ने गर्छ, जसले गम्भीर अवस्थाको बिरामीलाई बचाउन र सुधार ल्याउन मद्दत पु¥याउँछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology