Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन होस् वा हर्क जो आएपनि फरक पर्दैन :प्रचण्ड

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन होस् वा हर्क जो आएपनि फरक पर्दैन :प्रचण्ड

  • 984
    SHARES

  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन होस् वा हर्क जो आएपनि फरक पर्दैन :प्रचण्ड

    काठमाडौं,फागुन १४ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारीको फूल भनिसकेकाले आफ्नै ठान्ने बताएका छन् ।

    विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन शाह होस् वा हर्क साम्पाङ जो आएपनि केही फरक नपर्ने उनको भनाइ थियो ।

    प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा हर्क साम्पाङजस्ता मान्छे जितेर गए के हुन्छ ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, ‘के फर पर्छ र ? हर्क साम्पाङ आए पनि केही फरक पर्दैन । बालेन आएपनि केही फरक पर्दैन । अरु आएपनि केही फरक पर्दैन । मैले न उनीहरूलाई लोकतन्त्रका फूलबारीको फूल भनिनैसकेको छु । म त्यहाँबाट दायाँबायाँ छैन । त्यसैले उनीहरूलाई त मैले आफ्नै मान्छे ठान्छु ।’

    उनले आफूहरूले संविधान बनाउने प्रत्यक्ष निर्वाचिन कार्यकारी चाहिन्छ भनेर नोट अफ डिसेन्ट राखेको स्मरण गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology