Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘रन टु शाइन’ : बैंकको १७ औं वार्षिकोत्सव,दौडमा तामाङ र श्रेष्ठ उत्कृष्ट

‘रन टु शाइन’ : बैंकको १७ औं वार्षिकोत्सव,दौडमा तामाङ र श्रेष्ठ उत्कृष्ट

  • 1.1K
    SHARES

  • ‘रन टु शाइन’ : बैंकको १७ औं वार्षिकोत्सव,दौडमा तामाङ र श्रेष्ठ उत्कृष्ट

    बुटवल,फागुन ११ ।

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित १० मिलोमिटर राष्ट्रिय दौड प्रतियोगिता उत्सवका रुपमा सम्पन्न भएको छ ।  तीन विधामा १६ सय जनाले नाम दर्ता गराएकामा ६ सयजनाले प्रतिस्पर्धा गरेका थिए । 
    बैंकको प्रधान कार्यालय कालिकानगरमा ब्याण्डबाजाको संगीत सहित उद्घाटन भएको प्रतियोगितामा निकै उत्साहजनक सहभागीता थियो । 
    ‘रन टु शाइन’ नाराका साथ बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा १० किलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशी सहित बैंकले यो प्रतियोगिता गरेको हो । प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् ।  
    ‘रन टु शाइन’ नाराका साथ शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
    बुटवलमा सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
    सन्तोषीले निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पुरा गरिन् भने मिङमारले ३१ मिनेट ५३ सेकेण्डमा पूरा गरेका थिए । 
    पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं बनिन् । पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडुवाल पाँचौं भए । 
    दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । 
    यस्तै, स्थानीय पाँच किलोमिटर दौडमा शिव रायमाझी र पुजा पछाई विजेता बनेका छन् । पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं बने । 
    यस्तै भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनेका छन् । पुरुषतर्फ युव बहादुर राना प्रथम, गोबिन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भएका छन् । दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
    बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रिय कार्यालयमा आएर समापन भएको थियो । 
    प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स एसोसियसनले स्वीकृति प्रदान गरेका थिए ।
    विजयी धावकहरुलाई प्रतियोगिताका सद्भावना दुत अन्तर्राष्ट्रिय ओलम्पिक विजेता धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पुर्व मन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार वितरण गरेका छन् । 
    काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको बिकास यो बैंकको अधिकृत पूँजी रु ८ अर्व, जारी पुंजी ४ अर्व ८७ करोड र चुक्ता पूँजी पनि  ४ अर्व ८७ करोड रहेको छ ।  
    २०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड (वचत निक्षेप ३६.९३ प्रतिशत, मुद्धती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ । 
    कर्जा लगानीतर्फ रु. ५७ अर्ब ४९ करोड रहेको छ । जसमा ब्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ भने  अस्पताल, शिक्षा आदीमा  ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत  रहेको बैंकले जनाएको छ । 
    बैंकले आर्थिक बर्षमा २०८०÷०८१ मा ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ रु. ३७ करोड ०६ लाख ६६ हजार गरी कुल रु ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरेको छ । चालु आ.व. २०८१÷८२ को पौष मसान्त सम्म अग्रिम आयकर तर्फ रु १७ करोड ९८ लाख ७३ हजार र  ब्याजकर, पारिश्रमिक कर, लाभांश कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. १६ करोड ९३ लाख ६४ हजार गरी कूल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरिएको छ ।
    बैंकमा ९७० जना कर्मचारी छन् । 
    विभिन्न अवार्ड प्राप्त
    बैंकले आर्थिक बर्ष २०८०-०८१ मा इण्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, बेस्ट पर्फमेन्स अन ग्रोथ र बेस्ट बैंक शिर्षकमा रनर उपाधिबाट सम्मानित  भएको थियो ।  
    यस्तै  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेसनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यु बिजनेश एज प्रा.लि. वाट बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४  वाट सम्मानित भएको थियो । 
    १६ हजार बृक्षरोपण
    सामाजिक उत्तरदायित्व अन्तर्गत गो ग्रीन प्रोजेक्ट अन्तर्गत आर्थिक बर्ष २०८०-८१ मा विभिन्न प्रजातीका एक हजार रुख बिरुवा रोपेको छ । आर्थिक बर्ष २०७९-८० मा १५ हजार रुख बिरुवा रोपिएकोमा कूल १६ हजार रुख बिरुवा रोपी सोको संरक्षण समेत गर्दै आएको छ । 
    ११५ वटा वित्तीय साक्षरता कार्यक्रम  : 
    वित्तीय साक्षरता तर्फ आर्थिक वर्ष २०८०-८१ मा बैंकले विभिन्न स्थानहरुमा ११५ वटा कार्यक्रमहरु गरेको छ । उक्त कार्यक्रममा ५,९८३ कर्मचारी, किसान, साना तथा मझौला ब्यवसायी, सम्भावित बैदेशिक रोजगारीमा जाने कामदार, विद्यार्थी, रेमिटेन्स प्राप्तकर्ताहरू र युवाहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । 
    बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा बृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामिण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरुमा लगानी विस्तार गर्ने, डिजिटल कारोवारलाई थप सु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology