Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महाकुम्भबाट फर्किदै गर्दा स्कारपियो दुर्घटना,चार जनाको मृत्यु

महाकुम्भबाट फर्किदै गर्दा स्कारपियो दुर्घटना,चार जनाको मृत्यु

  • 855
    SHARES

  • महाकुम्भबाट फर्किदै गर्दा स्कारपियो दुर्घटना,चार जनाको मृत्यु

    सप्तरी, फागुन १० ।

    कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भारतको यूपी राज्यअन्तर्गत गोरखपुरमा स्करपियो ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप वडा नम्बर ७ का अन्दाजी ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी र कञ्चनरुप वडा नम्बर ५ का ५५ वर्षीया हरिहरदेवी यादव रहेका छन् ।

    यसैगरी, सोही दुर्घटनामा सुनसरीको मधुवनको एक महिलाको पनि निधन भएको छ । उनको नाम खुल्न सकेको छैन भने कञ्चनरुप ७ का उपेन्द्रनारायण चौधरी गम्भीर घाइते हुनुभएको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो ।

    वडाध्यक्ष चौधरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव ल्याउन दुई वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको चौधरीले जानकारी दिनुभयो । घटनाबारे स्थानीयबाट थाहा पाएपनि आधिकारिक जानकारी नआएको बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology