Logo बिहिवार, आश्विन १ गते २०८३
images

ज्ञानपुञ्जमा नगरस्तरीय अन्तर मावि वादविवाद,न्यू होराइजन प्रथम

ज्ञानपुञ्जमा नगरस्तरीय अन्तर मावि वादविवाद,न्यू होराइजन प्रथम

  • 2.3K
    SHARES

  • ज्ञानपुञ्जमा नगरस्तरीय अन्तर मावि वादविवाद,न्यू होराइजन प्रथम

    बुटवल,फागुन १० । 

    ज्ञानपुञ्ज ईङ्गलिस बोर्डिङ्ग स्कूलले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारि आज वर्तमान देशको राजनीति :  “विकासको वाधक या विकासको साधक” विषयमा अन्तर विद्यालय नगरस्तरीय वादविवाद प्रतियोगिता  गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम ढकालको अध्यक्षता, राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश अध्यक्ष रोमाकान्त तिवारीको प्रमुख आतिथ्यता, आभिभावक संघ रुपन्देही जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीको विशिष्ट आतिथ्यता र समाजका अन्य प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्यतामा सम्मन्न  उक्त प्रतियोगितामा बुटवल नगरका सरकारी तथा निजी विद्यालयका थुप्रै विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा न्यू होराइजन माध्यमिक विद्यालय प्रथम, मणिमुकुन्द ईङ्गलिस बोर्डिङ्ग स्कुल द्वितीय , एभरेष्ट इ. बो. स्कूल तृतीय र एल. वि. नमुना मा. वि. ले शान्त्वना स्थान हासिल गरेको थिए ।

    gyan.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोमाकान्त तिवारीले ज्ञानपुञ्ज यस क्षेत्रकै उत्कृष्ट ‘क’ वर्गमा पर्न सक्षम विद्यालय भएको र विद्यार्थीमा शैक्षिक क्रियाकलापका अतिरिक्त अन्य प्रतिभा प्रस्फुटन गर्ने काममा पनि सक्षम रहेको बताउँदै यो प्रथम ज्ञानपुञ्ज वादविवाद प्रतियोगिताले निरन्तरता पाओस् भन्दै आगामी दिन यस्तै ऊर्जाशील विषयमा विद्यार्थीलाई सहभागी बनाई उनीहरुमा राष्ट्रवाद जगाओस् भन्ने धारणा व्यक्त गरे ।

    कार्यक्रममा विशिष्ट अतिथि लोकनाथ ज्ञवालीले विद्यार्थीका समस्या, आभिभावकका समस्यालाई समेत मध्यनजर गरी विद्यालय सञ्चालन गर्ने प्राचार्य तोयाराम पौडेलको नेतृत्वको प्रशंसा गरे ।

    त्यस्तैगरी कार्यक्रममा निर्णायक मण्डलको भूमिकामा रहनुभएका डा. हिरण्यलाल ज्ञवाली र हरि भट्टराईले पनि विषयको शीर्षकमाथि प्रष्ट पारेका थिए भने आजका विद्यार्थीमा राजनीति चेतना र राष्ट्रियता चिनाउन नसके भोलि राष्ट्र विदेशीको हातमा जाने खतरा बढेकोले पात्रो शीर्षको परिकल्पना गरिएको निर्णायक हरि भट्टराईले जानकारी गराए ।

    कार्यक्रम विद्यालयका एकेडेमिक चिफ घनश्याम पन्थीको स्वागत मन्तव्य, साहित्य परिषदकी अध्यक्ष छात्रा विपना जि.सी. को विजयी भवः को स्वागत वचन र विद्यालयका सहप्राचार्य भीम बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रथम द्वितीय, तृतीय र शान्त्वना हुने विद्यालय र विद्यार्थीलाई क्रमश :  १० हजार, ७ हजार , ५ हजार  र ३ हजार नगद ट्रफी र प्रमाण पत्रद्वारा  सम्मान गरिएको थियो भने सहभागी विद्यालयलाई र अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology