Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका क्याम्पस सुपर सिक्स क्रिकेट : सेमिफाईलनमा ४ टिम भिड्ने

कालिका क्याम्पस सुपर सिक्स क्रिकेट : सेमिफाईलनमा ४ टिम भिड्ने

  • 1.1K
    SHARES

  • कालिका क्याम्पस सुपर सिक्स क्रिकेट : सेमिफाईलनमा ४ टिम भिड्ने

    बुटवल,फागुन ८ ।

    बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पसको आयोजानमा जारी सुपर सिक्स‘बुटवल कालिका  कप क्रिकेट प्रतियोगीता–२०८१’ मा विहिबार ५ वटा खेल सम्पन्न भएका छन् । 

    विहिबार बाट ४ वटा समुहले सेमिफाईनलको  यात्रा तय गरेका छन् ।  बुटवल कालिका क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक  रेस्मीराज शर्माका अनुसार सेमिफाईलनका लागि  शुक्रबार विहान ९ बजे बाट खेल सुरुवात हुने छ । जसमा पहिलो खेल क्यानन मावि बुटवल र  शन्ती नमुना मावि को ‘बी’ टिमका विचमा हुने छ  भने  दोस्रो सेमिफाईलन खेल  नविन औद्योगीक कदर बहादुर रिता मावि र शान्ती नमुना माविको ‘ए’ टिमका विचमा हुने छ ।

    शुक्रबार नै सेमिफाईलन खेल सकीए लगत्तै फाईल खेल समेत गरिने र पुरस्कार वितरण समेत कार्यक्रम आयोजना गरिएको क्याम्पसका अतिरिक्त  क्रियाकलपा संयोजक शर्माको भनाई छ ।  प्रतियोगीतामा बिजेता समुहले  २० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने  उपविजेता  टिमले १५ हजार नगद सहित कप, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् ।

    प्रतियोगीतामा म्यान अफ द म्याचलाई १ हजार, म्यान अफ द सिरिजलाई २ हजार ५ सय , बेष्ट बलर, बेष्ट ब्याड्सम्यानलाई १ हजार ५ सय सहित ट्फी र प्रमाणपत्र प्रदान गरिने छ  । सुपर सिक्स फरम्याटमा खेलाइएको प्रतियोगीतामा ६ जना खेलाडी ६ ओभरको खेल रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology