बुटवल,फागुन ८।
बुटवल १५ सेमलारमा जारी श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा आजसम्ममा करिब डेढ करोड रकम संकलन भएको छ । महायज्ञमा दैनिक दाताहरुको संख्या बढ्दै गएको हो । चौथो दिन बिहिबार बुटवल उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले १० लाख ५१ हजार ५ सय ५५ रूपिंया दान प्रदान गरेको छ ।
राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको तत्वावधानमा परोपकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यसहित आयोजित महायज्ञमा दाताहरुलाइ सम्मान समेत गरिएको छ ।
बुटवल वडा न १५ नम्बरका वडाध्यक्ष शिव रानासहितका जनप्रतिनिधिलाइ दान प्रदान गरेकोमा सम्मान गरिएको हो ।राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लाहरूमा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेकोसंकल्पकर्ता एवं कथा बाचक भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताउनुभयो ।
बुटवल–१५ स्थित भाटाप्रगती टोलमा करीब ४ विगाह क्षेत्रफलमा बिस्तार हुने गरी परोपकार कुञ्ज धाम निर्माणको योजना अनुरुप काम निर्माणको काम समेत संगैसंगै चलिरहेको छ । फागुन ४ गतेदेखि सुरू भएको महायज्ञ फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञ आयोजक मूल समितिका संयोजक हरिध्वज मल्ल्ले बताउनुभयो ।
बिहिबार राष्ट्रिय कलाकार नविन पौडेल,इन्द्रेणीका कृष्ण कडेंल,नारायण लेकाली,अभियान्ता अर्जुन भुसाल,यमलाल भण्डारी लगायतको सहभागिता रहेको आयोजक परोपकार संस्थाका तुल्सीराम भण्डारीले जानकारी दिनुभयो । जनजनका मन मनमा सेवाभाव जागृत गर्ने उद्देश्यले महासंघ वि।सं २०६४ सालमा स्थापना भएको हो ।
महायज्ञमा बुटवल उपमहानगरपालिका १२, रुपन्देही निवासी दयाराम न्यौपाने ३ लाख १२ हजार १ सय २२ रूपैयाँ , सिद्धार्थनगर नगरपालिका ८ रुपन्देही स्थित परोपकार महासंघ सिद्धार्थनगर समितिले १ लाख ८१ हजार १० रूपैयाँ , बुटवल उपमहानगरपालिका ९ रुपन्देही निवासी लोकनाथ भुषाल/आशा भुषालद्वारा परोपकार कुञ्ज धाम निर्माणका लागि १ लाख ११ हजार ५ सय रूपैयाँ , बुटवल उपमहानगरपालिका १५ रुपन्देही निवासी हरिध्वज मल्लले १ लाख ११ हजार १ सय १५ रूपैयाँ, बुटवल उपमहानगरपालिका १५ धनकला चौहान श्रेष्ठले १ लाख ११ हजार १सय ११ रूपैयाँ, बाणगंगा नगरपालिका २ कपिलवस्तु निवासी भिमबहादुर श्रेष्ठले १ लाख ५ हजार ५ सय ५ रूपैयाँ, बुटवल उपमहानगरपालिका १५ रुपन्देही निवासी सावर सिंह केसी र कृष्ण कुमारी केसीले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको हो ।
महायज्ञको फागुन ४ गते पर्यटन तथा संस्कृति मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नुभएको थियो । सोही दिन सो क्षेत्रमा हेलीकोप्टरबाट पुष्प बृष्टि समेत गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)