बुटवल,फागुन ७ ।
राष्ट्रिय परोपकार महासंघ नेपालले रूपन्देहीको तत्वावधानमा बुटवल १५ मा जारी महायज्ञमा श्रद्धालु तथा दाताहरूको उत्साहजक सहभागिता बढेको छ ।
परोपकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा बुटवल उपमहानगरपालिका– १५ नम्बर वडा कार्यालयले परोपकार कुञ्ज धाम निर्माण निम्ति १० लाख ५१ हजार ५ सय ५५ रूपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । भने सिद्धार्थनगर नगरपालिका–८ रुपन्देहीस्थित कमलापति गंगादेवी पन्थ स्मृति प्रतिष्ठानबाट महायज्ञमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान प्राप्त भएको समितिले जनाएको छ ।
परोपकार कुञ्ज धाम निर्माणका निम्ति नै महायज्ञमा ओमसतिया गाउँपालिका–१ रुपन्देही निवासी कर्णध्वज मल्लले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, ओमसतिया गाउपालिका–२ निवासी रुद्रप्रसाद शर्मा घिमिरेले १ लाख १५ हजार ५ सय १५ रूपैयाँ, ओमसतिया गाउँपालिका–२ रुपन्देही निवासी लालबहादुर श्रेष्ठ-नन्दकुमारी श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, बुटवल उपमहानगरपालिका–१३, रुपन्देही निवासी सुन्दर भुसालले १ लाख ११ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको हो ।
त्यस्तै पोखरा कास्की स्थित राष्ट्रिय परोपकार महासंघले ८८ हजार ५ सय ४५ रूपैयाँ परोपकार कुञ्ज धाम निर्माणका लागि प्रदान गरेको कोषाध्यक्ष धर्मराज शर्माले बताउनुभयो । बुटवल–१५ सेमलार भाटाप्रगती टोल स्थित दानव नदीको तटमा पर्ने स्थानको करिब ४ बिगाहा क्षेत्रफलमा परोपकार कुञ्ज धाम बनाउन महायज्ञ गरिएको संकल्पकर्ता एवं कथा बाचक भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताउनुभयो ।
महासंघले रूपन्देहीमा परोपकार कुञ्ज धाम निर्माणमा सबै परोपकारी मनहरूलाई सहभागी गराउने उद्देश्यले फागुन ४ गतेदेखि शुरु भइ श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ ११ गतेसम्म सञ्चालन हुने तुलसीराम भण्डारीको भनाइ छ ।
महायज्ञ बुटवल–१५, सेमलार भाटाप्रगती टोल चम्किपुरमा भब्य र दिब्य रूपमामा सञ्चालन भइरहेको महायज्ञका अध्यक्ष हरिध्वज मल्ल्ले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)