बुटवल,फागुन ५ ।
बुटवलमा आज बाट दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ शुरू हुदैछ ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकाश समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको हो ।
फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको पालिकाले जानकारी दिएको छ ।
बुटवल उपमहानगरपालिका परिषरमा आईतबार पत्रकार सम्मेलन गर्दै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले प्रतियोगिताको तयारी पुरा भएको बताए ।
प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)