बुटवल,फागुन ३ ।
क्यानन माबिको ब्राण्ड एम्बेष्डरमा क्रिकेटर देव खनाल अनुबन्धन भएका छन् । माबिले रजत जयन्ती मूल समारोहमा खनाललाइ अनुबन्धन गरेको प्राचार्य शंकर भण्डारीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
खनाल र माबि बिच सम्झौतापत्रमा हस्ताक्षर भइ एक आपसमा साटफेर गरिएको छ । बुटवल दिपनगर निवासी देवले आफ्नो सीपलाइ क्याननका बिद्यार्थी र क्रिकेट क्लवलाइ प्रदान गर्दै प्रशिक्षण समेत दिनेछन् ।
यो संगै राष्ट्रिय खेलाडिलाइ अनुबन्धन गर्ने क्यानन यसक्षेत्रमा अग्रणी बनेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)