Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्राइटएरिया पुगेमा बुटवललाई महानगर बनाउन सकिन्छ : उपप्रधानमन्त्री सिंह

क्राइटएरिया पुगेमा बुटवललाई महानगर बनाउन सकिन्छ : उपप्रधानमन्त्री सिंह

  • 1.1K
    SHARES

  • क्राइटएरिया पुगेमा बुटवललाई महानगर बनाउन सकिन्छ : उपप्रधानमन्त्री सिंह

    बुटवल, फागुन ३ ।

    उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीयताको मूल भावना अनुसार सङ्घ, प्रदेश स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताउनुभएको

    शनिबार बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैउहाँले यस्तो बताउनुभएको हो

    उपप्रधानमन्त्री सिंहले सङ्घीयता बलियो बनाउन संविधान कार्यान्वयनका लागिआवश्यक संशोधन ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस नेकपा (एमाले)सहितकादलहरू मिलेर अहिले सरकार बनेको बताउनुभयो IMG_0938.jpeg

    ‘‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसदका दुई ठुला दल मिलेर सरकारबनेको कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’’ उहाँले भन्नुभयो, ‘‘सङ्घीयताको मूल भावनाअनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको राजनीतिक स्थीरता आर्थीकसमृद्धिका लागि सरकार लागेको ’’

    त्यस्तै, उपप्रधानमन्त्री सिंहले अब सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनसक्नुपर्ने भन्दैनागरिकको जीवन सहज बनाउने गरी सहरलाई अघि बढाउनुपर्ने बताउनुभयो

    बुटवल पहिलेबाटै आर्थिक गतिविधिकोकेन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताउनुभयो आर्थिक गतिविधि मात्रहोइन बुद्धजन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाइ थियो

    उपप्रधानमन्त्री सिंहले क्राइटएरिया पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेको पनिउहाँले बताउनुभयो

    उपप्रधानमन्त्री सिंहले लौह पुरूष गणेशमान सिंह जेल ब्रेक गरेर बुटवल पुगेको सन्दर्भ चर्चा गर्दैनेपालको प्रजातान्त्रिक आन्दोलनमा बुटवलको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो उहाँले बुटवलको विकासकालागि सहरी विकास मन्त्रालयमार्फत गर्न सकिने काम भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउनेबताउनुभयो

    kapil.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology