बुटवल,फागुन २ ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै हुने टीप्पणी गर्नुभएको छ । उहाँले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढेर युग सुहाउदो शिक्षा आर्जन गर्न बिद्यार्थीहरुलाइ आग्रह गर्नुभयो ।
रुपन्देहीको बुटवल स्थित क्यानन माध्यमिक बिद्यालयको २८ औँ बार्षिकोत्सव तथा रजत जयन्ती २०८१ को बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गर्दै रानाले बालबालिकाको पहिलो टिचर अभिभावक र दोस्रो शिक्षा दिने स्कुल रहेको उल्लेख गर्नुभयो ।
उपसभामुख रानाले बिद्यार्थीलाइ इमानदार,सादगी र सदाचारी बन्न समेत आग्रह गर्नुभयो । उहाले भन्नुभयो– ‘अहिलेको शिक्षालाई संसारभर प्रतिस्प्रर्धा गर्न सक्ने खालको बनाउनुपर्छ ,यसमा बुटवलको क्याननले गरेको अभ्यास अनुकरणीय छ । ’ ‘अहिले टेक्नोलोजीले संसार सानो बनाएको छ,संसारका सबै गतिविधि एकै छिनमा सबैले जान्न र हेर्न सक्छन् ,त्यसैले आँट र शाहस गरेर अघि बढ्नुपर्छ । ’ उहाँको भनाइ छ ।
उहाले शिक्षाले तोपले जस्तै परिवर्तन ल्याउने उल्लेख गर्नुभयो । उहाले भन्नुभयो –‘जहा शोषण हुन्छ त्यहा क्रान्ति हुन्छ ,शिक्षाले परिवर्तन आउछ,शिक्षा पनि तोप जस्तै हो । ’रानाले नेपाल सुन्दर रहेको उल्लेख गर्दै भन्नुभयो– ‘हामी माटोबाट आएको माटो मै जाने हो,प्रकृति संरक्षणमा जुट्नुस्,नेपाल देश सुन्दर छ,देश भित्र घुम्नुस्, देश बाहिर भन्दा देश नै सुन्दर छ ,मैले संसारका धेरै देश घुमेर हेरेको छु । ’
सो अवसरमा क्याननले नगद ५१ हजासहित उपसभामुख राना मगरलाइ अभिनन्दन गरेको थियो । त्यस्तैराष्ट्रिय क्रिकेट खेलाडि देव खनाललाइ अनुबन्धन समेत गरेको छ ।

सम्पादक ज्ञवालीलाई उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार :
सो अवसरमा पत्रकारिताक्षेत्रबाट शिक्षा र समाजलाइ जोड्न उल्लेखनीय भूमिका निर्बाह गरेको भन्दै नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवालीलाई उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । ज्ञवालीलाइ नगद १० हजार,दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको हो।

त्यस्तैगरि क्यानन माबिका संस्थापकहरु,उत्कृष्ट शिक्षक,कर्मचारी,सहयोगी सबैलाई प्रशंसापत्र,करुवा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।प्राचार्य शंकर भण्डारीले बिद्यालयलाइ समय सापेक्ष परिवर्तन गरेर अघि बढ्नका लागि नयाँ भिजन तयार पारिएको उल्लेख गर्नुभयो ।उहाँले अबको ५ बर्षमा रुपन्देहीको नम्बर वान स्कुलका रुपमा परिवर्तन गरेर देखाउने दाबी गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका प्रमुख रोमाकान्त तिवारी,प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे,अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली ,बिद्यालयका अध्यक्ष थानेश्वर पौडेल,प्रबन्ध निर्देशक दिपक पौडेल,प्राचार्य शंकर भण्डारी ,सञ्चारकर्मी सुमन श्रेष्ठ लगायतले बोल्दै बिद्यालयलाइ पठन पाठन मात्रै होइन संस्कार र ब्यवहार सिकाउने थलोको रुपमा समेत बिकास गर्नुपर्ने धारणा राख्नुभयो ।
रजत जयन्तीको अवसरमा रक्तदान ,माघ २२–२५ खेलकुद सप्ताह, जिल्ला स्तरिय बादबिवाद प्रतियोगिता लगायत कार्यक्रम संचालन गरिएको इसिए इन्चार्ज मिनराज गिरीले जानकारी दिनुभयो । कार्यक्रममा दिनभर बिद्यार्थीले बिभिन्न प्रस्तुति राखेका थिए । बुटवल ८ मा रहेको विद्यालयमा प्ले ग्रुप देखि १० सम्म ७ सय जना र यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि ११ र १२ मा ३२२ विद्यार्थीहरु अध्ययरत रहेका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)