Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिनाउमा रजत महोत्सव सम्पन्न

तिनाउमा रजत महोत्सव सम्पन्न

  • 846
    SHARES

  • तिनाउमा रजत महोत्सव सम्पन्न

    बुटवल,माघ ३० ।

    बुटवल– ११ देवीनगरस्थित तिनाउ इङलिस बोर्डिङ स्कूलले रजत महोत्सव  मनाएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षता तथा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै प्रजिअ घिमिरेले तिनाउ स्कूल समय सापेक्ष शिक्षामा आफूलाई विकास गर्दै अघि बढेको बताए ।tinau school.jpg

    उनले अहिलेको शिक्षा जीवन उपयोगी हुनुपर्ने उनको भनाइ छ । सो अवसरमा प्रजिअ घिमिरेले विद्यालय तहबाट दुव्यसनी रोकसाथका लागि शिक्षा दिन आवश्यक रहेको बताए । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवल ११ मा तिनाउ स्कूलको बेग्लै पहिचान रहेको बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमूर्ति पाण्डेले विद्यार्थी, अभिभावक र समाज सबै क्षेत्रको साथ र सहयोगबाट विद्यालय अहिलेको स्थानमा आएको बताए । उनले आगामी दिन विद्यालयलाई झनै राम्रो बनाउदै लैजाने बताए ।

    कार्यक्रम विद्यालयका प्राचार्य सीता पाण्डे, प्याब्सन केन्द्रीय सदस्य खेमेन्द्र राना, प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल, बुटवल बहुमुखुी क्याम्पसका क्याम्पस प्रमुख डा अरुण क्षेत्री, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, जनगायक जीवन शर्मा लगायतले बोल्दै विद्यालयले देशमा बलियो शैक्षिक जनशक्ति उत्पादन गरेको बताए ।teacher.jpg

    विद्यालयका सहप्राचार्य सुर्य प्रसाद पाण्डेको स्वागत तथा अतिरिक्त क्रियाकलाप प्रमुखद्धय अग्निधर पोखरेल र एसमिन गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा जनगायक जीवन शर्माले विभिन्न गीत प्रस्तुत गरेका थिए । भने, विद्यार्थीहरुले कला संस्कृति झल्किने नाचगान प्रस्तुत गरेका थिए । विद्यालयका १ हजार ८०० विद्यार्थी अध्ययनरत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, माघ ३० २०८१०९:५३:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology